• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गल्केाट समाज जापानकेा पाँचैा अधिबेशन जुलाइ ३१मा हुदै

गल्केाट समाज जापानकेा पाँचैा अधिबेशन जुलाइ ३१मा हुदै


समायोजन खबर
  • शनिबार, असार ९ २०७५

  • समायेाजन खबर डटकम,२३ जुन,टेाक्येा

    गल्केाट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ

    ।यस अघि बसेको अन्तिम बैठकले अधिबेशन को मिति र स्थान तय गर्दै आगामी पाँचौ अधिबेशनमा उपस्थित हुन सम्पूर्ण गल्कोटे जापानबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ ।
    समाजका अध्यक्ष नर ब. थापाका अनुसार निबर्तमान अध्यक्ष हर्क थापाको संयोजकत्वमा निर्बाचन समिति बनिसकेको र अधिबेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा निर्बाचन समितिमा गैसकेको बताउनु भएको छ । उक्त अधिबेशनको सम्पन्न गर्नको लागि बिधान अध्ययन समिति, अधिबेशन ब्यबस्थापन समिति समेत बनेको छ ।
    “बिगत स्थापना कालदेखि सामाजिक काममा (नेपाल होस् या जापान) हरेक क्षेत्रमा अग्र स्थानमा आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारी NPO दर्ता गर्दै सामाजिक काममा सक्रिय रहीआएको छ, यसलाई अझ उचाईमा पुराउन अझ पछिको पुस्ताको उत्तिकै सक्रिय भूमिका र हात हुनेभएको ले बिभिन्न क्षेत्रमा जापानमा रही हाम्रो ब्यबसाय, कार्य, अध्ययन गर्दै आउनु भएका सम्पूर्ण गल्कोटे दाजुभाइ तथा दिदि बहिनिलाइ उक्त अधिबेशनमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु” अध्यक्ष थापाले भन्नुभयो ।

    कार्यक्रम  सिनओकुबू स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls Art Court (〒169-0072 Tokyo, Shinjuku, Okubo, 1 Chome−9−10) मा आगामी अधिबेशन हुने भएको छ ।

    २००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुङको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरुको साझा संस्था हो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology