समायाेजन खबर /टाेक्याे
आगमी जुलाई महिनाको १ तारीक आईतबारको दिन टोकियो सिनोकुबो स्थित सोलमारी मुरा हलमा काभ्रेली समाज जापानको दोस्रो अधिवेशन हुने भएको छ।
मे २७ तारीक सिनओकुबोमा बसेको कार्यसमितिको बैठकले बर्तमान अध्यक्ष मेख बहादुर वाईबा संयोजक र कार्यसमितिका पदाधिकारी एबं सदस्यहरू सदस्य रहने गरी ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति पनि गठन गरेको छ ।
स्थापनाको छोटो अबधिमै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको समाजले सडक बालबालिकाको शिक्षा र स्वास्थ्य सहयोगार्थ नेपालकै चर्चित युवा गायक राजु लामाको लाईभ कन्सर्टको आयोजना गरेको थियो र ऊक्त कार्यक्रमबाट ऊठेको केही रकम सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्था सी नेपाललाई दुईलाख नेपाली रुपैंया संबिधान सभाका सदस्य पूर्ब माननीय तीर्थ बहादुर लामाको समुपस्थितिमा हस्तान्तरण गरिएको थियो ।त्यसैगरी जापानमा मृत्यु भएका टिना गुरूड०को शब ब्यवस्थापनार्थ ४४०००¥ त्यसैगरी स्वर्गीय शिब रोकाको लागि ४३०००¥ , मृगौला रोगी हिमालसिं तामाड०लाई ७०३७२¥ , ब्लड क्यान्सर रोगी काभ्रेका बुद्दिलाल तामाड०लाई १५२८४७¥ तराईका बाढीपिडितलाई ३५०००¥ लगायतका अरू थुप्रै आर्थिक सहयोगका कामहरू गरेका छन ।
छाेटाे अबधिमानै फुटसलमा राम्रो प्रभाब जमाऊन सफल समाजले ठुलाठुला प्रतियोगिता आफ्नो पोल्टामा पारिसकेको छ भने एऊटा प्रतियोगिताको पनि सफल आयोजना गरिसकेको छ र निकट भबिश्यमै अर्कों प्रतियाेगिता आयोजना हुदैछ । काभ्रेको बिभिन्न ठाँऊबाट बिबिध पेशा , ब्यबसाय तथा अध्यनार्थ काभ्रेलीहरूको जमघट , एकअर्कामा आईपर्ने बिबिध किसिमका समस्याहरू एबं आफ्नो जन्मभूमिको लागि केही सामाजिक काम गर्ने ऊदेश्यका साथ दूईबर्ष अगाडी गठन भएको काभ्रेली समाजले आफ्नो क्षेत्रीय शाखा पनि बिस्तार गर्दैछ । यही क्रममा क्युशुमा क्षेत्रीय समिति बनिसकेको छ भने अरू ठाऊँमा पनि कुराकानि भईरहेको जनाएको छ । यसरी नै एकताबद्द भई जापानभरी नै शाखा बिस्तार गर्ने तयारी रहेको अध्यक्ष मेख वाईबाले जानकारी दिनुभएको छ ।
अधिबेशनको लागि जापानमा रहेका सम्पूर्ण काभ्रेलीहरूलाई उपस्थित हुनको लागि पनि हार्दिक अनुरोध गरिएको सचिब रुपक तामाड०ले जानकारी दिनुभएको छ ।
, तस्विर समायोजन खबर, २०७५ जेठ १४ गते वेलुकी८ : ५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology