• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा पहिलो पटक नगर सरसफाई अभियान

भोजपुरमा पहिलो पटक नगर सरसफाई अभियान


सरिता राई 
  • शनिबार, जेष्ठ ५ २०७५

  • भोजपुर बजार ।फाइल तस्विर ।

    सरिता राई  जेष्ठ/५भोजपुर,

    स्थानिय तह भएपछि पहिलो पटक भोजपुर नगरपालिकामा नगर सरसफाई अभियान थालनी भएको छ । नगर प्रमुख कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, सुरक्षा प्रमुखहरु लगायत सरोकारवालाको अगुवाईमा शनिबार नगर सरसफाई गरीएको हो

     

    विगतका दिनहरुमा औपचारीकता पुरा गर्ने खालका सरसफाई अभियानका कामहरु भएपनि यसपटक जिल्लास्थित कर्मचारी, सरोकारवाला, संघ संस्था र नागरीक समाज, पत्रकारको उपस्थितीमा हातमा कुचो, फोहोरका टोकरी र सरसफाईका लागि आवश्यकीय सामाग्री सहित नगर सरसफाईमा जुटेको साुमदायिक सेवा केन्द्रकी अध्यक्ष लिलामाया तामाङ्गले जानकारी दिनुभयो ।

     

    पछिल्लो समयमा बजार क्षेत्र निकै दुर्गन्धीत बन्न थालेको भन्दै पर्यटकिय जिल्लाको रुपमा परिचित गराउन तथा नगरको समृद्धिका लागी नमुना बजार बनाउने उद्धेश्यले यस्तो कार्यको थालनी गरेको नगर प्रमुख कैलाश आलेको भनाई छ । त्यस्तै प्रजिअ हिरादेवी पौडेलले सरकारी कर्मचारीलाई पनि बिदाको दिन अन्य क्रियाकलापमा लाग्नु भन्दा सरसफाइ अभियानमा लाग्न कडा निर्देशन दिनुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology