• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ भाषाको कथानक चलचित्र मायासे लासी -३ जापानमा बिशेष प्रदर्शन हुने

तामाङ भाषाको कथानक चलचित्र मायासे लासी -३ जापानमा बिशेष प्रदर्शन हुने


समायोजन खबर
  • मंगलबार, बैशाख २५ २०७५

  • चासिला वाइवा /सजिना मेाक्तान,८ मे टेाक्येा

    तामाङ भाषाको कथानक चलचित्र जापानमा बिशेष प्रदर्शन हुने भएको छ । सानु कुमारी स्मृति प्रतिष्ठान जापानको एकल ब्यबस्थापनमा जापान मै पहिलो चोटि तामाङ भाषाको चलचित्र मायासे लासी -३ प्रदर्शन गर्न लागिएको हो।

    आगामी मे महिना महिनाको १३ तारिख आइतबार टोक्योको नेरिमा स्टेशनको नजिकै रहेको नेरिमा कल्चरल सेन्टरमा प्रदर्शन हुन लागिरहेको उक्त चलचित्र प्रदर्शनको दिन सम्पूर्ण तामाङ लगायत गैर तामाङ नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि प्रतिष्ठानले अनुरोध समेत गरिएको छ ।
    यस चलचित्रमा मुख्य भूमिकाको रूपमा नायक कुमार मोक्तान र नायिका सीता तामाङ रहेको छ । पटकथा/कथा प्रकाश मोक्तान, कार्यकारी निर्माता प्रेम लामा मोक्तान, निर्माण सहयात्री गणेश घिसिङ, सह-निर्माता माईली घिसिङ रहेको छ । प्रमुख निर्माता भगवती मोक्तान रहेको उक्त चलचित्रलाई अहिलेको चर्चित निर्देशक डि.बी. मोक्तानले निर्देशन गरेको हो । यस अघि उहाँले मायासे लासी भाग-१,२ निर्माण तथा निर्देशन गरिसकेका छन भने यो चलचित्र भाग ३ यसैको थप तथा अन्तिम शृंखला हो ।

    यो चलचित्रमा बिशेष गरेर १० बर्षे माओवादी द्वन्दको कथालाई समेट्न खोजिएको र नेपाली र तामाङ भाषामा भएको कारण आम दर्शकलाई थप कोसेली हुने निर्देशक डि. बी. मोक्तान बताउनुहुन्छ ।जापानमा चलचित्र प्रदर्शनमा शहभागिता हुन नायक कुमार मेाक्तान टेाक्येा अ।इसक्नुभएकेा छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology