समायोजन खबर बैशाख/१९ खोटाङ,
थुलुङ राई भाषाको पाठ्यापुस्तक लोकार्पण गरिएको छ । भाषाविद डा. तारामणी राईको प्राज्ञिक परामर्शमा चार महिना लगाएर पहिलोपल्ट निर्माण गरिएको थुलुङ राई भाषाको पाठ्याक्रम एबं पाठ्यापुस्तक बुधबार काठ्माण्डौंमा बिमोचन गरिएको हो । थुलुङ राई भाषाको बाहुल्यता भएको क्षेत्रका बिद्यालयमा नयाँ शैक्षिकसत्रबाट पठन–पाठनका लागि तयार पारिएको पाठ्यापुस्तक सोलुखुम्बूका प्रतिनिधिसभा सदस्य हेमकुमार राई र किरात राई यायोक्खाका केन्द्रिय महासचिव जीवन हाताचोले यायोक्खाको सुम्नीमा हलमा संयुक्तरुपमा बिमोचन गरेका हुन् ।
यस शैक्षिकसत्रबाट खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका करिब २५ विद्यालयमा थुलुङ राई भाषाको पठन पाठनका लागि शिशु कक्षा र कक्षा १ को पाठ्यापुस्तक तयार पारिएको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङले बताए ।
सोलुखुम्बूको थुलुङ दुधकोसी गाउँपालिकाका सबै वडा, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको कुइभीर, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे, रावाबेँसी गाउँपालिकाको लामीडाँडा, दिक्तेल रुपाकोट मझुवागढीको नुनथला लगायतका थुलुङ भाषाको बाहुल्यता भएको बिद्यालयमा थुलुङ राई भाषामा पठन–पाठन सुरु गरिने जनाइएको छ । थुलुङ राई भाषामा पढाई सुरु गर्नुअघि बैसाख २८ र २९ गते सोलुखुम्बूको सल्यानमा थुलुङ भाषी शिक्षकलाई प्रशिक्षणको व्यवस्था मिलाइएको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रले जनाएको छ ।
थुलुङ राई भाषाको पाठ्यापुस्तक लोकार्पण कार्यक्रममा थुलुङ भाषाको खोज अनुसन्धान र संरक्षणमा योगदान पु¥याउने पाँचबीर राईलाई फेटा बाँधेर ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology