• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगे धुर्मुस

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगे धुर्मुस


समायोजन खबर
  • शनिबार, चैत्र २४ २०७४

  • काठमाडौं, २४ चैत । सामाजिक कार्यमा सक्रिय कलाकार धुर्मुस सिताराम कट्टेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगेका छन् । कट्टेल उपयुक्त क्रिकेट मैदानका लागि आवश्यक जग्गा हेर्न शनिबार पोखरा पुगेका हुन्।

    उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जा लगायतका ठाउँको अबलेाकन गरेका छन्।

    अवलोकनपछि छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले विभिन्न ठाउँमा जग्गा हेर्ने काम भैरहेको छ। उपयुक्त भौगोलिक वातावरण सहितको स्थानलाई बिज्ञको सल्लाह लिएर क्रिकेट मैदान निर्माण गर्छौँ।’

    जग्गा हेरिसकेपछि रंगशाला कहाँ निर्माण गर्ने भन्ने पछि छलफलबाट तय गर्ने उनी बताउँछन् ।
    यसअघि उनी सोहि कामका लागि काठमाडौँ, भक्तपुर, बुटवल लगायतका जिल्लामा पुगिसकेका छन् ।

    नेपाली क्रिकेट टोलीले प्राप्त गर्दै आएको सफलताले ऊर्जा मिलेको भन्दै उनले केही दिनपहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए। रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology