• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टोक्योमा नेपाली साहित्यकारहरू साकुराफुलसंग रम्दै ,तातेसिना हाइकु सङ्ग्रहको पनि बिमोचन

टोक्योमा नेपाली साहित्यकारहरू साकुराफुलसंग रम्दै ,तातेसिना हाइकु सङ्ग्रहको पनि बिमोचन


समायोजन खबर
  • मंगलबार, चैत्र २० २०७४

  • समायेाजन खबर/ ४ अप्रिल, टेाक्येा

    टोक्योमा एक भव्य समारोहको बीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रीय रहेको हानामी पर्व ( जापानकेा राष्ट्रिय फुल साकुरा हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र अप्रिल १ तारिक आइतवार गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो ।

    अन्तरास्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए । नागानो प्रीफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै ४ दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । प्रा. रामकुमार पाडे र प्रकाश पौडेल ‘माइला’को हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।

    अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकुकवि प्रकाश पौडेल ‘माइला’ हुन । बिगत १३ वर्ष देखी जापान मै रही हाइकुको क्षेत्रमा कलम चलाईरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितिका उपाध्यक्ष समेत हुन । अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो ।

    सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भण्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, पदम ठगुन्ना, हरी सापकोटा, अरुण पौडेल, सुर्य खड्का , धिषण निरौला, सरीता ढकाल लगाएतले बोल्नु भएको थियो ।

    साथै कविता वाचन गर्ने अन्य कविहरुमा अर्जुन दृष्‍टि पौडेल, मुक्ती सुबेदी ,गिरिजा गैरे, सुमित गिरि, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, सरद पोख्रेल , हेमन्त गिरी, प्रतीबिम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुबेदी, मीनराज बास्तोला, भुवन रोका, संगिता अधिकारी,सविना रेग्मी , सुमित गिरी, प्रकृति फुयाल,दीपा घिमिरे, ज्वाला सङ्रौला, बलराम उपाध्याय आदि हनूथ्यो भने थप सहभागीहरू रोशन कार्की प्रेमिला गौचन, गृश्मा पौडेल, अमृता आर्याल, इन्दु सूबेदी, यशोदा बस्नेत, पूनम बराल लागाएत थुप्रै साहित्य प्रेमी र अनुरागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चलान रबिन शर्मा र सङ्गीता कुँवरले गर्नु भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology