काठमाडौँ, १३ चैत। शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसँग वार्ता गर्न शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबमोजिम गठित समितिको सदस्यमा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल र विभागका निर्देशक केशव दाहाल रहनुभएको छ ।
मन्त्री पोखरेलका अनुसार दुवै पक्षसँग वार्ता गरी समाधानको उपाय खोज्न निर्देशन दिइएको छ ।
यही चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगन गर्न माग गर्दै अस्थायी शिक्षक अनशनमा छन् भने खुल्ला प्रतियोगितामार्फत शिक्षक छनोट हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले अलग्गै अनशन जारी राखेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology