समायेाजन खबर डटकम/ १० चैत्र ,सेालुखुम्बु
सहिद कुसुम स्मृति प्रतिष्ठान नेपालको आयोजनामा “प्रतिष्ठान परिचयात्मक तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रम ” आज नेचासल्यान गाउँपालिकाको हल नेचाबजार, सोलुखुम्बुमा सम्पन्न भएकेा छ ।
कार्यक्रमलाइ सम्बेाधन गर्दे प्रमुख अतिथि एवं सांसद हेमकुमार राई (सुरवीर )ले गाउँपालिका अध्यक्षहरुले प्रतिष्ठानले जिल्लाभर नेतृत्वदायी भुमिका खेल्ने सशक्त कार्यक्रमहरु ल्याउन सके अ।फु साथ दिन तयार रहेको बताउनु भयो । यस प्रतिष्ठानले शुरूवात मै हलसहितको सहिद स्मृति भवन निर्माण शुरु गरेकाले सोलुखुम्बुले महत्वपूर्ण सम्पत्ति प्राप्त गरेको सांसद राईले बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष लोकेन्द्रबहादुर राउतले प्रतिष्ठानलाई प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुलाई आभार प्रकट गर्दै प्रतिष्ठानको सर्वाङ्गिण विकासका गर्न थप सहयोगकेा लागि समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं कार्यक्रमका प्रमुख अतिथि सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य माननीय हेमकुमार राई (सुरवीर), विशेष अतिथिमा भएकेा सेाही कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफफकुमार बाँस्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती,चिसंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा, सल्लाहकार लिलाबहादुर राउत, नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका सहसंयोजक धुर्व शर्मा पराजुली र वडा अध्यक्षहरु , नेचासल्यान गाउँपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत कुलबहादुर राई, गणेशमान प्रतिष्ठानका अध्यक्ष निरकुमार कटेल लगायतका विभिन्न संघ/संस्था र सरकारी कार्यालयका प्रमुख एवं विभिन्न दलका पार्टी प्रतिनिधिहरु, सुरक्षा निकायको गरिमामय उपस्थिति रहेकेा थियेा ।
प्रतिष्ठानले सहिद कुसुमकेा स्मृतिमा नयाँ बर्षकेा भित्तेपात्रेा समेत सार्वजानिक गरेकेा छ ।