• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायिका ज्योती मगर र चर्चित रक गायिका सरस्वति लामाले हेटौंडामा धुम मच्चाए ।

लोक गायिका ज्योती मगर र चर्चित रक गायिका सरस्वति लामाले हेटौंडामा धुम मच्चाए ।


समायोजन खबर
  • सोमबार, चैत्र ५ २०७४

  • शुभराज भोम्जन
    हेटौंडा,३ चैत्र । मकवानपुर हेटौंडाबाट सञ्चालन हुदै आईरहेको अनलाईन रेडियो रेडियो भरोसाको वार्षिक उत्सबको अबसरमा रेडियोले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा लोक गायिका ज्योती मगर र चर्चित रक गायिका सरस्वति लामाले हेटौंडाको दर्शक उफारेका छन् । दुबै जनाले पालै पालो दर्शकलाई उफारेको थियो ।

    प्रस्तुति राख्दै लोक गायिका ज्योती मगर
    प्रस्तुति राख्दै लोक गायिका ज्योती मगर

    सायद ज्योती र सरस्वतीको एकै दिन एउटै स्टेजमा कमै मात्रामा कार्यक्रम हुने गर्दछ । तर सनिबार रेडियो भरोसाले आयोजना गरेको कार्यक्रममा भने दुबैजनाको क्रमश सांगीतिक प्रस्तुति रहन पुग्यो । हुनत ज्योती लोक बिधामा गाउछिन भने सरस्वती रक पप बिधामा गाउछिन् । यि दुबैजनाले पालै पालो आ आफ्नो बिधाका प्रस्तुति दर्शकमाझ राखे,दुबैले प्रस्तुती राखिरहदा दर्शक दिर्घबाट ठुलै हल्ला भएको थियो ।

    प्रस्तुति राख्दै रक गायिका सरस्वति लामा
    प्रस्तुति राख्दै रक गायिका सरस्वति लामा

    रेडियोले आयोजना गरेको साँस्कृतिक कार्यक्रम बिहान ११ बजे देखि सुरुहुने भनिएता पनि कार्यक्रम दिउसो ४ बजे देखि मात्रै सुरुहुन पुगेको थियो । सरस्वतीले उडिजाने, उर्बसी, आहा कलिलो तामालाई भन्ने बोलको गित गाउदै गर्दा स्टेजमुनी रहेको दर्शकलाई समाल्न हम्मेहम्मे भएको थियो । साँझको समयमा कार्यक्रम अगाढी बढीरहेको अबस्थामा सरस्वतीको सांगीतिक प्रस्तुतिले दर्शकलाई झनै जोशमा ल्याउने काम भएको थियो ।

     

    रक गायिका सरस्वती लामाको प्रस्तुति सक्किने बित्तिकै चर्चित लोक गायिका ज्योती मगरले स्टेज समाल्न पुगिन् । सरस्वतीले तताएको दर्शकको जोशले थकाई मार्न नपाउदै ज्योतीले थप उर्जा दिने काम गरिन् । ज्योती र सरस्वतीको सांगीतिक प्रस्तुति एकै पटकमा हेर्न पाउदा दर्शक पनि खुसी महशुस गर्दै थियो । ज्योतीले उईमुलाको सिन्की,ढाडे बिरालो बोलको गित गाउदै गर्दा दर्शक दिर्घबाट हल्ला मात्रै भएन प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे हुन पुग्यो । ज्योतीले प्रस्तुति दिदै गर्दा गायिका सरस्वती पनि दोहोरीमा नाच्न स्टेज चढीन् ।

     

    गायिका लामा स्टेज चढ्ने बित्तिकै झनै रौनकता बढ्न पुग्यो । सायद ज्योति र सरस्वतीको स्टेट कार्यक्रम कमैमात्रामा संगै हुने गर्दथ्यो । यसपटक भने दुबै चर्चित गायिका एउटै कार्यक्रमको एउटै स्टेजमा दर्शकमाझ प्रस्तुत हुन पुग्यो । ज्योती र सरस्वती संगै गायिका टिका प्रसाई,गायक राजेश राई,सुरज गुरुङ ,बसन्त लम्साल,बिनय केटु,सुनिल मगर लगायतका कलाकारहरुले पनि दर्शकलाई उफार्ने काम गरेको थियो । साथमा चर्चित लोक गायक प्रकाश कटुवालले गायिका ज्योती मगर संग स्टेज शेयर गरेर प्रस्तुति राख्दा दर्शकले आनन्दका साथ रमाईलो गरिरहेका थिए । हेटौंडामा ज्योती र सरस्वतीले एउटै कार्यक्रममा क्रमिक रुपमा प्रस्तुति राखेको पहिलो पटक हो ।

    @vomokhabar

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology