• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल दलित उद्योग बाणिज्य संघको प्रथम राष्ट्रिय भेला सुरु

नेपाल दलित उद्योग बाणिज्य संघको प्रथम राष्ट्रिय भेला सुरु


समायोजन खबर
  • शनिबार, फाल्गुन २६ २०७४

  • श्याम रोका
    काठमाडौ । व्यवसायीक हकहित, सीप र कलाको सम्मान आजको आवश्यकता, समृद्धिको अभियानमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ आयोजित नेपाल दलित उद्योग बाणिज्य संघको प्रथम राष्ट्रिय भेला राजधानीमा  हिजेाबाट सुरु भएको छ । देशभरि छरिएर रहेका दलित समुदायका उद्योगीहरुको आयोजना रहेको कार्यक्रमको नेपाल सरकारका पूर्व उद्योग तथा बाणिज्य मन्त्री मीन बिश्वकर्माले उद्घाटन गरे ।

    कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिश्वकर्माले दलितका पेशागत ब्यवशायलाई संस्थागत गर्न आफु सधै तत्पर रहेको बताए । सो अवसरमा मन्त्री बिश्वकर्माले दलित समुदायको घरेलु र चलन चल्तीको पेशालाई उद्योगको रुपमा रुपान्तरण गर्न सके मात्र दलित समुदायका पेशाको संरक्षण हुन सक्ने उल्लेख गरे । घरेलु तथा एकल व्यसायले मात्र आर्थिक समृद्धिमा टेवा नपुर्‍याउने भन्दै उनले दलित समुदायको कलाको ब्यसायिकरण र आधुनिकरणमा तर्फमा जोड दिए ।

    दलित समुदायको आर्थिक समृद्धिमा खेल्न पर्ने भुमिका बारे चर्चा गर्दै नेपाल दलित उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण नेपालीले नेपाल दलित उद्योग बाणिज्य संघ आफै आर्थिक क्रान्तिको कडि भएको औल्याए । साथै उनले दलित शब्द कुनै पनि आर्थिक विकासको बाधक नभएको भन्दै यसको प्रयोग रणनीतिक ढङ्ग्ले गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल सुनचाँदी कला ब्यवशायी संघका द्वारीका शंकर, नेपाल बिश्वकर्मा समाजका अध्यक्ष गोपाल प्रसाद ब्श्विकर्मा लगायतले शुभकामना मतव्य राखेका थिए ।

    भेलामा सहभागी दलित समुदायका विभिन्न उद्योग व्यवसायीहरुले आफ्नो ब्यवसायको संरक्षणमा राज्य जिम्मेवार बन्नु पर्ने बताए । देशभरि छरिएर रहेका दलित समुदायका उद्योग व्यवसायीहरु सम्मिलित कार्यक्रम अ।ज सम्पन्न हुने आयोजकले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology