• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न त दार्शनिक, न त नेता यो तालु खुइलिएको पनि केही अर्थ भएन …..

न त दार्शनिक, न त नेता यो तालु खुइलिएको पनि केही अर्थ भएन …..


समायोजन खबर
  • शनिबार, फाल्गुन २६ २०७४

  • पेमनुरी शेर्पा (डुकु थिम्मी)

    राजनीति रुचीको विषय पनि थियो।विद्यालय स्तर देखि नै विद्यार्थी राजनीतिमा थोर बहुत सहभागिता पनि जनाइयो। ग्रामीण भेगका जनताहरुलाई राजनीतिक प्रशिक्षण पनि दिएर आफ्नो रोजाइको राजनीतिक दलको उम्मेद्वारलाई विजय गराउन २०४८,२०५१,२०५६ को संसदीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचन तथा २०५४ को स्थानीय निकायको निर्वाचनमा सकृय रुपमा सहभागिता जनाइयो।आफ्नै समुदायको विद्यार्थीको हक हित र अधिकारको निम्ति तथा भाषा संस्कृति संरक्षणको नाममा खोलिएको सामाजिक संस्थाको नेतृत्व तहमा रहेर काम गर्दा एक किसिमको अनुभव भएर नै त्यसपछिका दिनहरुमा कहिल्यै पनि नेतृत्व लिन रहर लागेन।कार्यकर्ता र समर्थकको रुपमा भूमिका निभाउदै यो उमेर भयो। सँगैका साथीहरु संविधान सभाको निर्वाचनमा निर्वाचित भएर आए भने कोही मनोनित सभाषद पनि भए ।

    समय अनुसार भाका फेर्दै जनतालाई आश्वसन दिन पटक्कै आउदैन।कोही कसैलाई अप्ठ्यारो परे भात निन्द्रा सबै त्यागेर भए पनि आपत विपतमा परेकालाई सेवा गर्ने भावना म मा मात्र नभएर मेरा बाजे देखि बुबामा समेत थियो र छ।  समाजसेवा र राजनितिमा नेतृत्वमा पुग्न नसकिपनि मलाइ त्येा नसाले कहिल्यै छाडेन ।अहिले जापानमा बिध्यार्थी भिषामा रहेर अध्ययन संगसंगै पार्टटाइम काम गर्दै छु ।जापानमा अ।एरपनि धेरै जना नेपाली दाजुभाइ दिदीबहिनीहरूसंग चिनजान गर्ने मैाका पाए साथै जापानमा रहनुभएका नेपालीहरूलाइ अ।इपर्ने भैपरी समस्यामा अ।फुले  सकेसम्मकेा सहयेाग गर्दे अ।इरहेकेा छु। दिउसेा कलेज रातभर काम गर्ने पर्ने जापानमा नेपाली बिध्यार्थीहरूकेा देनिकी छ तर केाही साथीभाइ हरूलाइ समस्या पर्दा हेास या जापानमाहुने नेपाली कार्यक्रममा निन्द्रासंग सम्झैाता गरेरभएपनि उपस्थित हुने गरेकेा छु ।

    म आफै मपाइ बनिनु भन्दा नि अरुलाई सेवा गरे पछि फलानो चाहि मान्छे यस्तो रहेछ है भनेर टिप्पणी गरेको मन पराउने मान्छे परे तर राजनीतिक दलको जुनसुकै तहको नेतृत्वमा रहदा जति सकारात्मक काम र सेवा पुर्याए पनि सकारात्मक टिप्पणी प्राय हुन्दैन र आलोचनात्मक टिप्पणी गर्ने अत्यधिक हुन्छन्।त्यसैले केही साथीहरुले नेतृत्व पनि गर्नु पर्छ भनेर भन्दै गर्दा त्यति आँट गरिएन किनकि नेतृत्वमा पुगे पछि शतप्रतिशत कसैको चित्त वुझाउन सकिन्दैन।
    अहिले आएर राजनीतिक कुरामा बहस छलफल वादविवाद आरोप प्रत्यारोप गरेर टाउकोको कपाल झरीसक्दा पो लाग्न थाल्यो डुकु नेता नै हुने हो तर कहाँ चुक्यो ? अब फेरी नेता हुने कि भनेर सोच्दा सम्भावना देखिएन।

    स्थायी ठेगाना संखुवाशभा हाल जापान

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology