• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस्ता छन् जापानमा वस्ने नेपाली महिलाका समस्याहरु

यस्ता छन् जापानमा वस्ने नेपाली महिलाका समस्याहरु


समायोजन खबर
  • शुक्रबार, फाल्गुन २५ २०७४

  • जानुका खतिवडा ज्ञवाली

    नेपालीहरुको विदेशिने लहरसंगै नेपाली महिलाको जापान आउने क्रम पनि त्यत्तिकै बढ्दो छ। कोहि उच्च शिक्षाको शिलसिलामा त कोहि डिपेण्डेण्ट भिसामा नेपाली महिलाहरु दिनानुदिन बढ्दै छन्। राम्रो छात्रवृति पाएर उच्चस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने देखि लिएर फुड मार्केटमा काम गर्ने सम्मका नेपाली महिलाहरु जापानमा पुगेका छन्।

    नेपालमा आत्मनिर्भर नदेखिने महिलाहरुको आत्मनिर्भरतामा जापानमा पुगेपछि बढेको देखेकी छु। नेपाली महिलाहरुले विभिन्न संघ संस्था स्थापना गरेर परोपकारी कामहरु समेत गर्न भ्याएका छन्। त्यसैले मलाइ भन्न मन लाग्छ ‘महिला सशक्तिकरणलाइ अन्तराष्ट्रिय बसाइसराइले सहयोग नै पुर्याउने रहेछ’

    अर्कोतिर दुखको ससार पनि छ। बढदो महिलाहरुको सख्यासँगै महिलाहरुसंग सम्बन्धित समस्याहरु पनि बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछन। मानसिक समस्या, शारीरिक समस्या साथै अन्य पारिवारिक समस्याहरु छन्। महिला हरुमा बाँझोपन, गर्भपात लगाएतका समस्याहरु पनि देखिन थालेका छन्।

    दैनिक जीवन शैली, खानपान, पारिवारिक सरसहयोग र मिलाप पर्याप्त आराम र निन्द्राको कमि जस्ता कुराहरुले यस्ता समस्याहरुबाट नेपाली महिलाहरुसमेत पिडीत रहनु परेको छ जापानमा।

    अविवाहित, एकल र विद्यार्थी भिसामा रहनेहरुका लागि धेरै संघर्ष गर्नु पर्ने वाध्यता छ। यो बाध्यताबाट नेपाली महिलाहरुसमेत टाढा छैनन। बिद्यालयमा दैनिक हाजिर हुनु पर्ने वाध्यता। आफ्नो खाने, बस्ने, स्कुल शुल्क तिर्नपर्ने र त्यसकालागी काम गर्नपर्ने बाध्यता। नेपालमा रहेका परिवारका सदस्यलाई आर्थिक सहयोग गर्नुपर्ने बाध्यताले जापानमा रहेका नेपाली महिलाहरुको अवस्था कष्टकर छ। विवाहित जोडी र परिवारसंगै हुनेहरुका लागि भने यहाँको जीवनशैली तुलनात्मक रुपमा सन्तोषजनक छ।

    पारिवारिक बिछोड

    कतिपय विवाहित र आफ्ना बाल बच्चा नेपालमा नै छोडेर जापान पुगेका छन् महिलाहरु। उनिहरुको जापान बसाइ चिन्तित उदासीपन र अन्योलले भरिएको छ। भाषाको कारण, आर्थिक अभाव र अन्य विभिद कारण सपरिवार संगै बस्न नपाउदाको पीडाले बढीजसो जापानमा पुगेका नेपाली महिलाहरु बढी निरास देखिन्छन्।

    सामाजिक जीवन

    स्वभावैले मानिस एक सामाजिक प्राणी हो जसलाई समाजमा रहन सामाजिक मुल्य मान्यता आपसी सद्भाव र मेलमिलापको खाँचो पर्दछ। त्यसमा पनि हामी नेपालीहरु सामाजिक मेलमिलाप र सम्बन्धमा बढी नै लगाव राख्छौं अझ भनौं बढी नै आश्रित हुन्छौं।

    बाल्यकाल देखि परिवार, समुदाय, छरछिमेकसंग भाइचारा कायम गर्दै हुर्किएका हुन्छौं। तर त्यो वातावरण विदेशी भूमिमा पाउन गार्हो हुने हुनाले दैनिक जीवन यापन फरक हुदै जान्छ र एक्लोपन सुरु हुन थाल्छ। जापानमा पुग्ने महिलाहरुको यो अर्को मुख्य समस्या हो।

    बिदेशी भूमिमा कामको बढी चाप, समयको अभाव र आफु संग मन मिल्ने तथा आफ्नो देशको अरु कोहि संग सम्पर्क नहुँदा एक्लो महसुस गर्छन नेपाली महिलाहरु।

    बढी कामको चाप

    जापान गार्हो र तिव्र गतिमा काम गर्नु पर्ने देशको रुपमा चिनिन्छ। कामलाई अत्यधिक महत्त्वका साथ पनि हेरिन्छ। प्राय जस्तो नेपाल लगाएत् अन्य मुलुकबाट आउने हरुका लागि यहाँको काम गर्ने शैलीमा भिज्न समय लाग्ने र परिश्रम गर्नु पर्ने हुन्छ। यो समस्याले मानसिक दवाव सृजना गर्छ। आफुलाई यहाँको काम गर्ने वातावारंमा पोख्त बनाउन नेपाली महिलाहरुले अझ बढी संघर्ष गर्नु परेको पाइन्छ साथै मानसिक दवाव समेत झेल्न परेको छ जापान पुगेका नेपाली महिलाहरुले।

    भाषाको अज्ञानता

    भाषा एक अर्काको भावना आदान प्रदान गर्ने माध्यम हो। अन्यथा दैनिक जीवन कठिन हुन्छ। यहि कठिन जीवन यापन गरि रहेका छन् जापानमा हुने अधिकांश नेपालीहरु र विशेषत डिपेण्डेण्ट भिसामा आउने महिलाहरु। महिलाहरु भाषाकै कारण राम्रो काम पाउन सकेका छैनन। बिरामी परेको खण्डमा हस्पिटल जान समस्या हुने गरेको छ। आफुलाई कुनै पनि प्रकारको शारीरिक, मानसिक र अन्य समस्यालाइ आफैभित्र राख्न पर्ने बाध्यता छ नेपाली महिलाहरुसँग।

    सामान्य बोलीचालीको भाषाले मात्र पनि आफुलाई लागेको र हुने गरेका सबै समस्या बताउन सक्ने क्षमता नहुने हुँदा स्वास्थ्य सुविधाको सर्वसुलभ भए पनि आफ्नो समस्या लुकाएरै बस्नु पर्ने बाध्यता छन।

    @beingnp

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology