• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यौनजन्य अपराधको आरोपमा जापानमा नेपाली विद्यार्थी पक्राउ

यौनजन्य अपराधको आरोपमा जापानमा नेपाली विद्यार्थी पक्राउ


समायोजन खबर
  • शुक्रबार, फाल्गुन २५ २०७४

  • टोकियो– ३० बर्षिय एक जापानी युवतीलाई यौनजन्य अपराध गरेको अभियोगमा जापान प्रहरीले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानमै सेन्मोन स्कुल पढ्दै गरेका अनुज देवकोटा रहेको खबर टिभी आसाही लगायतका जापानी संचारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

    गत नोवेम्बर २५ तारिक राती टोकियोको सुगिनामी कु स्थित नारिता हिगासी क्षेत्रमा उक्त महिलालाईको छातीमा जर्बजस्ति समातेर चुम्बनको प्रयास गरेको समाचारमा उल्लेख छ । जापानी युवतीको आरोप अनुसार पछाडिबाट जर्वजस्ती छातीमा हात पुर्याइ चुम्बन प्रयास गर्दा उनको छाती र चिउँडोमा समेत चोट समेत लागेको थियो ।

    नजिकै रहेको डिपार्टमेन्ट स्टोरको सिसीटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार आरोपी युवाले युवतीको पिछा गरेको देखिएको जनाइएको छ । यौन अपराधको आरोप लागेका २६ वर्षिय देवकोटाले उक्त युवतीलाई आफुले बोलाएको भए पनि अन्य केही नगरेको दाबी गर्दै आरोप अस्विकार गरेका छन् ।

    घटनाको विषयमा थप छानविन भैरहेको बताइएको छ ।

    @beingnp

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology