• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१५ वर्षीया बालिकाको विवाह रोकियो

१५ वर्षीया बालिकाको विवाह रोकियो


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • सुबास दर्नाल/सोलुखुम्बु

    फागुन २४– सोलु्खुम्बुमा प्रहरी र स्थानीय महिला अधिकारकर्मीको पहलमा बाल विबाह रोकिएको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ की १५ वर्षीया दुर्गा माया पुरीको बिहीबार हुन लागेको बाल विवाह स्थानीय महिला अधिकारकर्मी र प्रहरीले रोकेका हुन् ।

    बालिका दुर्गा मायाको ओखलढुगां सुनकोशी गाउँपालिका १ का २५ वर्षीय राजन गिरीसँग हुन लागेको स्थानीयले बताएका छन् । स्थानीय सगरमाथा महिला समूहकी अध्यक्ष देवकी पुरीको पहलमा प्रहरी र महिला विकास कार्यालयले विवाह रोक्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाल विवाह गर्न गराउने, गर्ने र प्रहरीबीच छलफल भई अब बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि छोडिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले बताउनुभयो । बालिका जन कल्याण माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यारत छिन् ।

    @solukhumbu news

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology