चन्द्र खनाल,मार्च १, टोकियो ।
जापान भ्रमणमा रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गी श्रेष्ठ तथा जापानमा रहेका नेपालीहरु वीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जापान सरकार वातावरण मन्त्रालयको निमन्त्रणामा टोकियो आउनुभएका मेयर महर्जन र उपमेयर श्रेष्ठ संगको उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति जापानद्वारा फेब्रुअरी २८ तारिख नेपाली मुरा हल सोलमारीमा आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै ललितपुरका मेयर महर्जन र काठमाण्डौकी उपमेयर श्रेष्ठले जापानको प्रविधि र विकास लाई नेपालमा भित्र्याउन सकेमा हाल नेपालमा बढ्दो वातावरणिय प्रदुषणलाई नियन्त्रण गर्न सकिने भन्दै सो कार्यका लागि सवै नेपालीहरुले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष पुष्कर जंग थापाको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ( एनआरएनए–आईसीसी) सदस्य महेश कुमार श्रेष्ठ, एनआरएनए–आईसीसी सल्लाहकार कपिल देव थापा, नेपाली काँग्रेस महासमिति सदस्य चिरन्जिवी थापा, नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति बलराम श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका प्रवक्ता सुरेश गिरी, नेवाः फोरमका सुनिल शाक्य, नवलपुर–नवलपरासी समाजका अध्यक्ष सागर कँडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापान, कान्तोका संयोजक एकेन्द्र थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology