अफगानिस्तान, फागुन १३ । तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
तालिवानी समूहको सयौँको सङ्ख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताए ।
उक्त भडपमा विद्रोहतर्फ पनि क्षतिभएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकोले एकीन सङ्ख्या थाहा हुन नसकेको खवर विभिन्न समाचार एजेन्सीहरुले लेखेका छन् । घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभएपनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ । यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन ।
एजेन्सीकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology