१९ फेब्रुवरी, टोकियो ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्षलाई नवलपरासी समाज जापानले स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ ।
नेपाली मुरा हाल सोलमारीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जेसीजका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल र पूर्व राष्ट्रिय कार्यकारी उपाध्यक्ष तिर्थ पौडेललाई स्वागत तथा सम्मान गरिएको हो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापा, गैर आवासीय नेपाली संघ जापानका महासचिव बुद्धिराज घिमिरे, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष पुष्कर जंग थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नवलपरासी समाज जापानका कार्यवाहक अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन समाजका सचिव कृष्ण ढुंगानाले गर्नुभएको थियो ।
@समाचार /फाेटाे -पत्रकार चन्द्र खनाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology