• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत

टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत


समायोजन खबर
  • सोमबार, फाल्गुन ७ २०७४

  • जापान,७ फाल्गुन । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ ।
    दुई देशविच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको चेम्बरले जनाएको छ ।
    कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत श्रेष्ठ जापान–नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत हुन ।
    ‘समृद्ध राष्ट्र निर्माणका लागि जापानको प्रविधि तथा लगानी नेपाललाई आवश्यक छ, दुई देशबीच हुने व्यापार प्रवद्र्धनले नेपाल–जापानको आर्थिक, सामाजिक, सांस्कृतिक र पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगिने र आगामी दिनमा आफुले पाएको जिम्मेदारी पूरा गर्ने अवैतनिक वाणिज्य दूत श्रेष्ठले बताउनू भएको छ ।

    जापानलगायत विश्वका १८ शहरमा अवैतनिक वाणिज्य दूत नियुक्त गरी व्यापार प्रवद्र्धन एवं लगानी आकर्षणको वातावरण बनाउन लागिएको चेम्बर अफ कमर्शका महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिए ।

    @matrisandesh

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology