टोकियो,७ फाल्गुन । संघीय समाजवादी फोरम पार्टीको प्रवासी संगठन नेपाली सङ्घीय समाज जापान (नेफेसो)ले नव प्रवेशीहरुलाई पार्टीमा जिम्मेवारी तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार टोकियोस्थित नमस्ते भेटघाट नेपाली रेष्टुरेण्टमा नेपाली सङ्घीय समाज जापान (नेफेसो)को सपथ ग्रहण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
टोकियोमा वसेको आन्तरिक अन्तरक्रिया कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्न गरेको नेफेसोका महासचिव संजिव राईले जानकारी दिएका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लिनेहरूमा हरि चन्द्र लामा बरिष्ट उपाध्यक्ष र रामु अधिकारी उपाध्यक्ष पदको पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।
साथै २ जना केन्द्रीय सदस्यमा कर्ण दवाडी र शुमन तिम्लसिनालाई नेफेसो जापानले थप गरेको छ । कार्यक्रममा नेफेसो जापानको अध्यक्ष पेम्बा शेर्पा, उपाध्यक्ष संजय यादप महासचिव संजीब राई लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समाजका महासचिव संजीब राईले संचालन गरेको थियो भने पद तथा गोपनीयताको सपथ ग्रहण अध्यक्ष पेम्बा शेर्पा र समाजका उपाध्यक्ष संजय यादपले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
निकट भबिष्यमा नेफेसेा जापानले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाइ निमन्त्रणा गरी बर्तमान नेपाली राजनैतिक बिकासक्रम, नेपाली राजनिति ससफेा नेपाल पार्टीकेा भुमिका लगायत बिबिध बिषयमा छलफल,प्रशिक्षण गर्ने येाजना रेहकेा समेत नेफेसेा जापानका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology