• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा संघ जापानको लोसार तयारी पुरा ।

शेर्पा संघ जापानको लोसार तयारी पुरा ।


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ४ २०७४

  • समायेाजन खबर डटकम / १६ फेब्रुवरी ,टेाक्येा

    नेपाल शेर्पा संघ जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हीमाली बासीहरुको मुख्य पर्ब लोसारलाई भब्य रुपमा मनाऊने तयारी गरेको हो ।

    बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४५ स फो खिलो ग्याल्बो लोसारलाई अविस्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ तिब्र तयारीमा जुटेको छ । feb 18 तारिखका दिन तय गरिएको लोसार बिशेष कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्था शेर्पा संघ जापानले  समायेाजन खबर डटकमलाइ बताएकेा छ।

    सांगितिक कार्यक्रम तथा डिजे सेसन

    नेपाल शेर्पा संघ जापानले गर्न गइरहेकेा लेासार कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने बिशेष गरि हीमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा संस्कृति झल्काउने गरि कार्यक्रम हल तथा मन्चको ब्यबस्थापन गरिने छ भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहनेछन साथै कार्यक्रममा चर्चित गायक कर्म दोङ र बिरेन्द्र बिष्टले भिबिन्न नेपाली र सेलो गीतहरु गाएर मनोरन्जन दिलाऊनेछन भने कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्नेछन ।

    कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोषाक पनि प्रदर्शन गरिने र कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै भेसभुषामा उपस्थित भईदीन शेर्पा संघले बिनम्र अपिल गरिएको छ भने कार्यक्रममा जापानस्थित नेपाली दूताबास, एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैरशेर्पा सबै जापानबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ पत्रचार नपुगेको खण्डमा यसै समचारलाई आधारमानी उपस्थित भईदिन शेर्पा संघ जापानले बिनम्र अनुरोध गरिएको छ।

    संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जापानबासी सम्पुर्ण नेपालीहरूलाई लोसार कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जनसंगै हीमाली शेर्पा जातीहरुको संस्कृती अध्यान गरिदिन आग्रह गरेका छन । कार्यक्रममा जापानमा क्रीयाशिल दर्जनैा  अनलाईन खबरहरु मिडीया पार्टनरको रुपमा रहेका छन ।शेर्पा संघ जापान, जापानको कानुन अनुसार दर्ता भएको जेठो नेपाली संस्था हो ।

    शेर्पा संघले जापानबासी शेर्पा तथा गैरशेर्पा नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको समाजिक संस्था हो ।

    टेाकीयेा  स्थित मन्दीर रेष्टुरेन्ट 〒105-0023 Tōkyō-to, Minato-ku, Shibaura, 1 Chome−2−2, シーバンスアモール 2F
    समय -बिहान ११ बजेबाट ५ बजे सम्मा !
    फेब्रअरी १८ तारिक

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology