युवागायक तथा संगीतकार विशाल काल्तानकेा उत्कृष्ट म्युजिक भिडियो (ढल्कियो जोबन )सार्वजनिक
युवागायक तथा संगीतकार विशाल काल्तानकेा उत्कृष्ट म्युजिक भिडियो (ढल्कियो जोबन )सार्वजनिक
समायोजन खबर
बुधबार, माघ २४ २०७४
समायेाजन खबर ,७ फेब्रुवरी
तामाङ गीत संगीत अनि बिशेष गरी सेलो गीत संगीत जगतमा आफ्नै स्थान बनाउन सफल यूबागायक तथा संगीतकार विशाल काल्तानले उत्कृष्ट म्युजिक भिडियो ढल्कियो जोबन सार्वजनिक गरेका छन ।
बिदेश तिर हुने संगीतिक कार्यक्रमहरुमा ब्यस्त गायक तथा संगीतकार काल्तानले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ढल्कियो जोबन बोलको गीत सङ्गस नेपालको युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन। यस गितलाई पासाङ तामाङले निर्देशन गरेका छन भने चन्द सिंहले एरेन्ज गरेका छन। छायाङ्कान ज्ञानेन्द्र शर्मा साथै सम्पादनमा प्रविन श्रेष्ठ रहेको छ ।
भर्खरै सार्बजनिक यस सिङल ट्र्याक गितमा विशाल काल्तान आफ्नै शब्द /संगित/स्वर रहेको छ भने सुमि मोक्तान र रमेश तामाङको अभिनय रहेको छ । पोखराको फेवाताल, सारङ्कोट र पोखरा बजार आसपासमा छायांकन गरेको गीतमा गायकको प्यराग्लाइडिङको समेत दृश्य समावेश गरिएको छ ।पासाङ योन्जनले निर्देशन गरेको यश भिडियोलाई ज्ञानेद्र शर्माले छायांकन गर्नु भएको छ । चन्द्र सिङले एरेन्ज गर्नुभएको छ भने प्रबिन श्रेष्ठले सम्पादन गर्नु भएको छ । गायक काल्तानका मन पर्योनी, मादलै बज्यो, अलि अलि माया, मिरिम गाजल, ङा खाबा ह्यार्सी लागायत दर्जनौं गित सर्बाधिक चर्चामा र सम्पुर्ण दर्शकले रुचाईएका गीतहरु हुन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]