• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियाबाट फर्किएका थापा जनप्रतिनिधि भएपछी दंग, ‘जनताले माया र आस्था राखेर जिताए’

मलेसियाबाट फर्किएका थापा जनप्रतिनिधि भएपछी दंग, ‘जनताले माया र आस्था राखेर जिताए’

पराईको मुलुकभन्दा दुईगुणा आफ्नो ठाउँ बनाउन अगाडी बढ्छु


चिसाङ शेर्पा
  • बिहिबार, माघ ११ २०७४

  • चिसाङ शेर्पा माघ/११ खोटाङ,
    बारा जिल्ला निजगढ नगरपालिका ११ रतनपुरका नर बहादुर थापा उमेरले ३५ वर्ष पुगे । दुई पटक बैदेशिक रोजगारीमा मलेशिया पुगेर स्वदेश फर्किएका थापा नगरपालिकाको ११ नं. वडा रतनपुरका निर्वाचित वडा सदस्य हुन् ।

     

    साविक गाविस रतनपुरमा नेकपा एमालेबाट वडा सदस्यका लागि टिकट पाएका थापाले स्थानिय निर्वाचनमा जित हाँसिल गरेसँगै जनप्रतिनिधि बनेका हुन् । मलेशियाको सेलेङगारस्थित बातुकेभमा रहेको ‘क्यान जो क्यान फ्याक्ट्री’ बाट आफ्नो तीनबर्षे कार्यकाल सकेर २०७३ साल असार पहिलो हप्ता स्वदेश फर्केका उनलाई पार्टीले संगठन बिस्तार र बिश्वासमा टिकट दिएको थियो ।

     

    गएको असोज–२ गते भएको स्थानिय निर्वाचनबाट वडा सदस्य पद जितेका थापाको जन्म बारा जिल्लाको रतनपुरमा बुवा रुद्र बहादुर थापा आमा मनमाया थापाको कोखबाट २०३९ माघ २४ गते भएको थियो । घरको कान्छो छोरा थापाले त्रिभुवन माबि बिरगंञ्जबाट २०५७ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । २०६१ सालमा विवाह गरेका हुन् ।


    विवाह बन्धनमा बाँधिएको केही समयपछि रतनपुरका वर्तमान वडासदस्य २०६२ सालमा रोजगारीका लागि मलेशिया गएका थिए । भनेजस्तो कमाई भएन जसोतसो ५ वर्ष बिताएर २०६७ सालमा नेपाल फकिए उनले भने, फेरी गाउँमै खेती किसानी सानातिना ठेक्कापट्टा गरेर तीनवर्ष बिताए ।

     

    भाषा, धर्म, संस्कृती र वातावरण बुझेकाले पुन: २०७० सालमा मलेशिया पुगेका उनले त्यहाँ ‘क्यान जो क्यान फ्याक्ट्रीमा टिनपाताका विभिन्न सामग्री बन्ने काम गरे । मनग्गे कमाए । परिवारका लागि पोल्याण्ड जाने सुर बनाएर त्यहाँबाट नेपाल आए । घरमा आएपछि परिवारसँग भेटघाटसँगै एक हिसाबले उनी फेरी विदेश जाने चक्करमा रुमलिदै थिए । यता देशमा स्थानिय चुनावको रौनक बढ्दै थियो । काठमाण्डौमा पुगेर पोल्याण्डका लागि उनले एप्लाई पनि गरे । बिडम्बना उनको भिषा आएन ।

     

    भिषा नआउनु अनि स्थानिय चुनाव संघारमा हुनु, उनी चुनाव लड्नु त्यसपछि चुनाव जित्नुले थापाको सबै बैदेशिक यात्रा बन्द भयो । उनकोे जिबनले कायापलट लियो । आठ वर्ष पराई मुलुकमा पसिना बगाएका उनले अबको ५ वर्ष आफ्नो जन्मभुमि र आफ्नो गाउँठाउँ बनाउने अवसर पाए ।


    ‘टिकट पाएर गाउँगाउँमा भोट माग्दै हिड्दा नै जित्छु लागेको थियो । चुनावको नतिजापछी सफल भए उनले भने, जनताले माया र आस्था राखेर जिताए अब गरेर देखाउनु छ ।’ स्थानिय चुनावपछी आफ्नो टिमले वडाभित्र तीन लाखको काम गरेको बताए । नेपाल राष्ट्रिय माविलाई ५० हजारको खानेपानीको पाईप र वडाभित्र २ लाख ५० हजारको नाली निर्माण गरेका छन् ।

     

    लामो समय पराईको मुलुकमा रगत पसिना बगाएका ति दिनहरु संम्झदा दुख लाग्छ । अब आफ्नै ठाउँ बनाउने अबसर र चुनौती पाएको छु । थापाले भने, “यसलाई मरी मेटेर आफ्नो भुमिका निर्वाह गर्नेछु । पराईको मुलुकको दुईगुणा आफ्नो ठाउँ बनाउन अगाडी बढ्छु ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology