राजकुमार राई
जापान, हामी सबैलाई अवगत भएकै कुरा हो नेपाल एक बहुभाषिक ,बहुधार्मिक ,बहुसंस्कृतिक मुलुक हो जहाँ मीश्रित समाज र समुदाय अनुसार हावापानी र रहनसहन समेत फरक पाईन्छ । नेपालमा बिभिन्न कालखण्डमा बिभिन्न परिवर्तनहरु भए तर देश एक जाती,एक भाषा ,एक संस्कृति मान्ने समुदायको हालीमुहालीमा मात्रा सिमित भयो जसले गर्दा बिश्व समुदायमाझ देशको बिकास अग्रपंतिमा जान सकेन साथै शाषक बर्गले देशका सबै भाषा बोल्ने ,संस्कृति मान्ने सबै समुदायका जनतालाई समान अबसर प्रदान गरि अगाढी बढाऊनुको सट्टा नेपालमा जातीमा खस आर्य ,धर्ममा हिन्दु धर्म मान्ने समुदयको मात्रा स्तर उन्नती गर्ने र अरु सबै भाषा संस्कृतिको हत्या गर्ने गरि षड्यन्त्रपुर्ण तवारबाट नेपालाई हिन्दु राज्य घोषणा गरि नेपालका सरकारी कार्यलय ,प्रहरी ,सेना र राजनैतिक दलका कार्यलयहरुमा झुन्ड्याईने भगवानका तस्बीरहरु अनिवार्य हिन्दु धर्मावलम्बीले मान्ने देबी देवताका तस्बीर झुन्ड्याईयो,जागीर खादा अनिबार्य हिन्दु धर्म लेखिनुपर्ने ,सपथ खादा गीतालाई छुनु पर्ने ,नागरिकता लिदा ढाका टोपी लगाऊनुपर्ने र अनीबार्य खस भाषा बोलिनुपर्ने जस्ता बाध्यात्मक ब्यबस्थाको लागु गरियो अन्यथा यि बाध्यात्मक सर्तहरु पुर्ण नगरेको खण्डमा नेपाली नागरिकता लगायत सरकारबाट प्राप्त गरिने सबै सेवा सुबिधाबाट बन्चित गरिने ,हिन्दु संस्कृति शिक्षालाई बढुवा गर्ना सरकारी मान्यता दिने ,पाठ्यक्रममा अनिवार्य संस्कृतिको अध्यान जस्ता एकात्मक बाध्यकारी ब्यबस्थाका कारण नेपालका खस आर्य समुदय बाहेकका अन्य समुदयहरु जसले खस आर्य समुदाय भन्दा फरक भाषा बोल्ने र फरक धर्म मान्ने समुदायको मुख्यता भाषिक र धार्मीक कारणले सरकारी सेवा र राजनितिमा अगाढी आऊन सकेनन फलत यि समुदायहरु राजनैतिक ,सरकारी सेवा र सन्चार जगतमा आफ्नो उपस्थिति जनाऊन जबरजस्ती रुपमा भाषामा खस भाषा ,धर्ममा हिन्दु मान्न बाध्य भए बिस्तारै खस समुदाय बाहेकका समुदायका मानिसहरुले अबसरको खोजमा भिबिन्न लोभलालजमा आफ्नो भाषा सस्कृती भन्दानी खस भाषा र हिन्दु धर्मप्रती आकषर्ण बढ्दै गई अन्ततगत बिस्तारै आफ्ना भाषा र संस्कृतिहरु बिर्सिदै गई नेपालका नेपालमा बोलीले खस भाषा बाहेकका सबै भाषाहरु लोभ हुदै गएको पाईन्छ ।
नेपालमा हिन्दुहरुका संस्कृति संरक्षणको लागी निर्माण गरिएका सस्कृत अध्ययन केन्द्र ,बिश्व बिधालय ,मठ मन्दीर र पण्डितहरुको नाममा राज्यकोषबाट करोडौ बजेट सम्मानजनक तवाराबाट बिनियोजन गरिन्थ्यो साथै संस्कृति बिश्व बिधालय र कलेजमा अध्ययनरत छात्र छात्राहरु नेपाल सरकारको कर्मचारी लगयात सबै क्षेत्रमा प्रबेश गर्ना सकिने सरकारी प्रबाधान लागु गरिएको थियो जुन ब्याबस्था अहिलेपनि जारी छ भने अर्कोतिर बौध्द ,ईसाई,मुस्लीम ,किरात धर्मावलम्बीहरुका आस्थाका केन्द्र स्तुपा,गुम्बा ,चर्च ,मस्जिद जस्ता धार्मिक स्थलहरु स्वतन्त्र ढङगबाट सन्चालन गर्ना नदिई बिभिन्न बाहनामा आक्रमणको सिकार भईरहन्थ्यो साथै गुम्बा ,चर्ज र मस्जीतहरुमा अध्ययन गर्ने बिध्यार्थीहरुलाई बिदेशी शिक्षा लागु गरिएको लगायात अनेकौ झुठो मुद्दाहरू लगएर प्रहरी र सेना मार्फत अपहरण र आक्रमण गर्ना लगाई हीरासतमा राखी मानसिक तथा शारीरिक रुपमा दण्डीत गर्नाका साथै राज्यकोषबाट हिन्दु धर्म र खस भाषा बोल्ने समुदायभन्दा बाहेकका समुदायका संस्कृति र भाषिक बिकासका लागी कुनै पहल नगरि बिकास बजेट समेत नछुटाई गैरन्यायिक तवरबाट हाम्रो भाषा र सस्कृतिलाई एकात्मकबादी राज्य सत्ताले हत्या गरिएको छ जसको क्षती पुर्ती राज्यले बेहोर्नुपर्दछ ।
अत राज्यका यि गैरन्यायिक बिभेदका कारण एका दुई बाहेक नेपालका सबै नेवारले नेवारी भाषा ,भिबिन्न जातीमा फैलीएर रहेका किराँतीहरुले किराँत भाषा ,शेर्पाहरुले शेर्पा भाषा लगायतका सबै आदिबासी भुमी पुत्रहरुले नेपाल अधिराज्यभरी र प्रबासमा समेत बोल्न र प्रयोगमा ल्याऊन सक्दैनन जुन दुखद बिषय हुन तथापी नेपाल राष्ट्रको बिकासका लागी नेपालमा बसोबास गर्ने सबै जनताहरुले मान्ने सबै धर्म ,बोलीने भाषालाई समान अधिकार दिदै राष्ट्रको बिकास निर्मणमा सबै समुदयको सम्मानजनक सहभागिताबाट मात्रै देशको बिकास गर्न सकिन्छ भन्ने सोच र चिन्तन नेपालका एकात्मकबादी सोच र चिन्तन भएका शासकहरुमा नआएसम्म देश बिकासलाई अग्रगमनको दिशामा लानु असम्भब छ जुन कुराको हेक्का शाषक बर्गले राख्नु जरुरी छ ।
(लेखक किरात राई यायोक्खा,जापानकेा अध्यक्ष समेत हुनुहुन्छ । )
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology