• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?


समायोजन खबर
  • शुक्रबार, पौस ७ २०७४


  •  

    समायाेजन खबर

    बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् ।

    छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।
    छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।
    छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।
    छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।
    छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।
    छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|
    छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्मा ज्ञान र शक्ति पाउको शक्ति ज्ञान पनि प्राप्त हुने ।
    छ्योर्तेन परिक्रमा गर्नाले,चार आर्या सत्य ज्ञान,दृश्य ज्ञान,शक्ति ज्ञान तथा बोधी साखाको फलहरु पनि प्राप्त हुने ।
    छ्योर्तेन परिक्रमा गर्नाले,छ दृस्टी ज्ञानले युक्ति भई चित्त पनि परिशुद्ध हुने,सबै कर्म क्लेसहरु सर्वनास भई शत्रु नासक तथा बलिवान हुने।
    छ्योर्तेन परिक्रमा गर्नाले,बुद्दको नामले सजिने र बुद्दत्तो पनि प्राप्त हुने |
    कया कर्म पनि परिक्रमा हुने , वक कर्म पनि परिक्रमा हुने ,चित्त कर्म पनि परिक्रमा हुने|
    छ्योर्तेन परिक्रमा गर्नाले,बाधा अप्ठयारोबाट मुक्त हुने र नौ सुख पनि प्राप्त हुने |

    जगत दातको छ्योर्तेन परिक्रमा गर्नुको फाइदाहरु सानो र छोटो शब्दले पुरै दर्शाउन मुस्किल र कठिन हुन्छ | छ्योइ लिपिबाट नेपालीमा अनुबादक यहाँहरुकै हित र फाइदाको निमित्त छ्योइ लिपि अथवा सम्भोटा लिपिमा रहेको छ्योर्तेन कोरा गर्नुको फाइदाहरु मैले नेपालीमा अनुवाद गरेको हुँ | पढिसकेपछि सबैलाई जानकारीको लागि सक्दो शेयर गर्नुहोला |Source :we are sherpa

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology