समायोजन खबर खोटाङ, खोटाङमा श्रीमानको चिरपट प्रहारबाट श्रीमती घाईते भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाका २७ वर्षीय चकमान राईको चिरपट प्रहारबाट उनका २५ वर्षीया श्रीमती सुष्मिता राई घाईते भएकी हुन्।
आईतबार राती ११ बजे श्रीमतीको टाउकोमा चकमानले चिरपट प्रहार गरेको थियो। चिरपट प्रहार गरी श्रीमतीलाई घाईते बनाएको खबर नुनथला प्रहरी चौकीमा आउनसाथ प्रहरी नायब निरक्षकको टोलीले घाईतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पतालमा उपचारमा पठाएको र उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
चिरपट प्रहार गर्ने चकमानको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताए।
यस्तै, खोटेहाङ गाउँपालिका–८ सिमपानीका ७३ वर्षीय मान बहादुर थापा मृत अवस्थामा फेला परेका छन्। मानसिक सन्तुलन ठिक नभएका थापा २४ कार्तिक दिउँसो घरमा कोही नभएको बेला कसैलाई नसोधि आफूखुशी हिडेकोमा आईतबार अपरान्ह सिमपानीकै खिउ खोलामा मृत अवस्थामा भेटिएको स्थानीयले खबर गरेको प्रहरीले जनाएको छ।
मृतक थापाको शवलाई परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology