• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल स्थापना गर्ने पूर्वजका १५ सन्ततिलाई सम्मान

दिक्तेल स्थापना गर्ने पूर्वजका १५ सन्ततिलाई सम्मान


समायोजन खबर
  • बिहिबार, भाद्र ६ २०८१

  • समायोजन खबर खोटाङ, दिक्तेलबजार सामाजिक गुठी र दिक्तेल समाज काठमाण्डौले दिक्तेलभित्रका ८० वर्ष पार गरेका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

    करिव डेढ सताब्दि अगाडी दिक्तेल स्थापना गर्ने पूर्वजहरुका हालका ज्येष्ठ सन्ततिहरुबाट दिक्तेलबजारको निम्ति आफ्नो अमूल्य श्रम र समय खर्च गरेका कारण अहिले दिक्तेलबजारबासी भन्न पाएकोमा गर्व महशुष गर्दै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    दिक्तेलबजारका धनकुमारी श्रेष्ठ, मान कुमारी लयालु, कर्ण बहादुर वजिमय, डिल्लीमान श्रेष्ठ, सिद्धीमान जोशी, गेह कुमार सैंजु, कृष्ण राजभण्डारी, रत्न कुमारी वजिमय, गणेशकुमारी श्रेष्ठ, निरकुमारी सैंजु, नारायदेवी वजिमय, नर कुमारी श्रेष्ठ, राम ताम्राकार, दुर्गा प्रसाद घिमिरे र अम्बिका देवी जोशी सम्मानित हुनुभएको हो।

    ज्येष्ठ नागरिकहरुलाई बिहीबार वजिमय पाटी प्यालेस दिक्तेलमा, दिक्तेल सरोकार केन्द्रका अध्यक्ष टंक बहादुर श्रेष्ठ र दिक्तेल समाज काठमाण्डौका सदस्य रुद्र कुमार जोशीले ढाकाटोपी र दोसल्ला ओढाई सम्मान गर्नुभएको समाजसेवी गोपाल सैंजुले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology