• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इराकमा महिला तस्करी गर्ने ग्याल्जेन समातिए

इराकमा महिला तस्करी गर्ने ग्याल्जेन समातिए

समायेाजन खबर


समायोजन खबर
  • शनिबार, पौस १ २०७४

  •  १ पैाष,काठमाडौ– भारत हुँदै महिलाहरुलाई इराक पठाउने भनेर श्रीलङकासम्म लगी अलपत्र बनाउने सिन्धुपाल्चोक बाह्रबिसेका ग्याल्जेन लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनलाई बिहिबार ललितपुरको चापागाउँबाट पक्राउ गरेको हो ।

    उनले गत वर्ष ११ असारमा एक युवतीलाई इराक लैजाने भन्दै भैरहवा हुँदै नयाँदिल्ली पु¥याएका थिए । त्यहाँबाट श्रीलङका हुँदै इराक पठाइएकोमा उनी एक महिना कोलम्बोमा अलपत्र परेकी थिंइन् । आफन्तहरुको सहयोगमा उनी एक महिनापछि काठमाडौं फर्किएकी थिइन् । नेपाल फर्किएपछि उनले प्रहरीमा उजुरी दिएकोमा शेर्पा फरार भएका थिए । मासिक एक लाख तलब हुने भन्दै उनलाई फकाएर पठाइएको थियो । अनुसन्धानको क्रममा उनलाई इराक लगेर बेच्न लागिएको खुलेको छ ।

    फरार रहेका शेर्पा करिब १५ महिनापछि पक्राउ परेका हुन् । पक्राउ परेका शेर्पालाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।

    समाचार,तस्विर-नेपाल लाइभ डटकम

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology