अ।चार्य ङवाङ सांगे शेर्पा
सर्वप्रथम त बुद्दको राष्ट्रियता नेपाल हो की इण्डिया हो भनेर तर्क गर्नु अघि यसको ईतिहासहरू पढ्नु ज़रूरी हुन्छ बुध्दको जीवनी र ईतिहास केही नपढी बिना अ।धार तथा प्रमाण तर्क गर्दा हामी अर्काको आगाडी जोकार मत्र हुन्छ र केही लेख्नु र बोल्नु अघि त्यस्को बारेमा राम्रो अध्ययन गर्नु पर्छ।
हामी नेपालीहरूकेा स्वाभाव चाही अन्ध धुन्दाना तर्क गर्ने र आरोप लगाउने भनि छ।शिध्दार्थ गौतमको जन्मस्थल लुम्बिनी हो भन्नेमा संस्कृत, पाली, चिनियाँ, जापानी, कोरिया, बार्मा, श्रीलंका, तिब्बती, इण्डिया ईत्यादि भाषामा रहेका बौध्द पुस्तकहरूमा शिदार्थ गौतमको जन्मस्थल लुम्बिनी मै हो भनेका छन् र नेपाल र इण्डियाको सिमाना छुट्टीए पछि लुम्बिनी नेपालमा पर्छ भन्नेमा कसैको दुईमत छैन। बुद्धकालमा न नेपाल थियो न इण्डिया नै थियो। त्यती भेला नेपाल र इण्डिया सा-साना राज्यहरू थियो र शिदार्थ गौतमको गृहनगर कपिलवस्तुमा थियो। जो लुम्बिनी जन्मिनु भयो उहाँ शिध्दार्थ गौतम थियो बुध्द थिएन बुध्दको जन्म तब भयो जब उहाँले छ वर्ष कठोर तपस्य गरेर ज्ञान प्रप्ता गर्नु भयो त्यो ज्ञान प्रप्ता गरेको स्थल थियो बोध गया इण्डियामा बुध्द भन्ने शब्द कसैको नाम होईना बुध्द भन्ने ज्ञान हो र त्यो ज्ञान बोध गयामा भएको थियो।
बुध्दको जन्म कहाँ भयो भन्नु भन्दा बुध्दको ज्ञानलाई हामीले कति हासिल गर्न सकियो र बुध्दको बारेमा हामी नेपालीहरूले के कति योगदान गर्यो भनेर आ-आफ्नो छातिमा हात राखेरा आफैले आफैलाई प्रश्न गर्नु होस् हामीहरू बुध्द नेपालमा जन्मेको हो भनेर चिच्याउन र आफुलाई चाएको भेला मात्र बुध्दको नाम लिने की साँच्चीनै भित्रहृदय देखि बुध्दले देखाएको दर्शनहरू सिक्ने हो हामीहरू बुध्दको ज्ञानलाई जस्ले संसारमा फैलायो र बुध्दको दर्शनहरू आजसम्म सुरक्षित राख्ने महान ब्यक्तिहरूलाई तथा नाम लिएर आलोचन गर्नु अघि बुध्दको बारेमा आफु के कति योगदान गरेको छ सोच्नु ज़रूरी छ। बुध्द न नेपाली हो न ईण्डिया नै बुध्द सारा संसारको हो ज जस्लाई माया र करूणा छ उनीहरूको मन मनमा बुध्द हुन्छ र उनीहरूको मन मनमा बुध्द जन्मिन्छ। अरूलाई आरोप लगाउनु अघि आफुले त्यस्को बारेमा कति जानकार छ आफुले कतिको योगदान गरेछ राम्रो सोच्नु होला र बिना ज्ञान तर्क गरेर अर्काकोआगाडी जोकार बन्नु उचित हेाइन । सर्व मंगलम्
लेखक बैाध्द समुदायका धर्मगुरू समेत हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology