जाङबु शेर्पा ((टाक्तेाक)-
अहिले सामाजिक संजालमा दलाइ लामाको अभिव्यक्तिबारे नेपालीले बोलेको अपशब्द र कुरामा मेरो भनाइ, बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा सारा बिश्वा लाई अबगत नै भएको परिपेक्षमा, नेपालमा बौद्धधर्मका धर्मिक संरचनाको संरक्षणमा सहयोग नगर्ने, गुम्बा, माने, बौद्ध पुननिर्माणमा बजेट नछुटाउने सरकारले , दुनियाँ मान्छेले दान दक्षिणा दिएर चन्दा,अ।र्थिक सहयेाग संकलन गरेर बनाएको गुम्बा हरुलाई पैसा कहाँ बाट ल्याएर बनाएको भनी अ।यस्रोत खोज्ने गरेकेा पाइन्छ ।
गुम्बामा बिदेशी अनुयायी देख्यो भने सबै गुम्बा नै बिदेशीको बिदेशी हाबी भएको भन्ने जस्ता आरोप लगाउने , बुद्ध जन्मेको देशमा हिन्दुराज्य खोज्ने नेपालीले पनि दलाई लामा लाई गाली गरेको देख्छु, बौद्ध नीति अनुसार निर्माण भएको डाडापाखा मा भएको गुम्बा नजिकै कुनै अरू धर्मको मान्छे बसेको देख्यो भने मुस्लिम संग मिलेको हो कि कुनै आतंककारी को अखाडा पो भन्ने हो कि भन्ने जस्ता गलत प्रचारबाजी गरेर समाजमा धर्मिक बिकृति फैलाउने,मिडिया कर्मीले खराब अाचरणका नेताको अन्तरबार्ता लिएर सोझो जनता लाई गलत अस्वासानको समाचार बनाएर सुनाउने फुर्सद भएको, हाम्रो देशको मान्छेहरु कहिले मोदिले बुद्ध भारतमा जन्मेको भन्यो भनेर रुने, कहिले दलाई लामा ले बुद्ध नेपाली हैन रे भन्यो भनेर रुएको देख्दा दायाँ लागेर आउँछ, नेपाली समाजका अगुवाइ र नेताहरूको लागि यो कुरा घाँटीमा अड्केको हड्डी जस्तै निल्नु ना उकाल्नु भएको छ ।
के गर्नु यसमा केही गर्नु नसके पनि दलाई लामाले बोलेको बोलीबाट ग्रस्त तपाईंको त्यो अवसारबादी सोच र स्वार्था नै स्वार्थले भरिएको मानलाई चिरशान्तिको कामना छ!! बुद्ध जन्मेको देश नेपालमा थाइल्यान्ड , हङकङ , म्यानमार, कम्बोडिया , जापान् , कोरिया र चाइना मा जस्तो उच्च स्थान पाउन नसके पनि भगवान बुद्धले सबैको मानमा शान्ति र सन्तोषको शक्ति प्रधान गरुन् जस्ले जे भने पनि भगवान सबैको हो, धन्यावाद !
लेखक हाल स्पेनमा हुनुहुन्छ ।
Sent from my iPhone
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology