रामभक्त राई लण्डन,
राजनीति वास्तबमै कठिन बिषय हो । यसलाई बुझेर पनि बुझ्न सकिन्न किन कि नेता एक तर, हजार आकाङ्छा, हजार कार्यकर्ता, हजारांै जनताहरुको असंख्य पिडा हुन्छन् तसर्थ ति एक ब्यक्तिले सबैको सम्पूर्ण कुरा सम्बोधन गर्न अती नै गाह्रो हुने हुँदा नेता हुन अती नै साहसी, त्यागी, सक्षम, अनुभबी, कडा, अध्ययनशिल, व्याबहारिक हुन अती नै अनिवार्य छ । हामीले कुनै पनि नेताबाट सम्पूर्ण कुरा हामीले खोजे जस्तो पाउदैनौ किन कि उ एक्लैले सोचेर गरेर केही पनि हुँदैन, उसलाई अन्य ब्यक्ती, समाज, पार्टी अन्य सहपार्टीहरुको सहयोग कस्तो रह्यो त्यसले धेरै कुरामा महत्वपूर्ण भूमिका खेल्छ ।
त्यसैले म, कुनै नेता, कार्यकर्तालाई केही नराम्रो दोष दिन चाहन्न । तर, यती हो हामी जनताले इमान्दारिताका साथ बिचार गरेर चुनावमा सभासदको चयन गर्नु पर्दछ । ति सभासदहरु राम्रा सोचका भए भने सम्पूर्ण सभासदहरुलाई जनताको हितको लागि देशको हितको लागि काम गर्न सजिलो हुन्छ । फलस्वरुप हामीले गरिखानको लागि राम्रा वातावरण पाउदछौ । हामीले सभासद छनौट गर्दा कसले कती सम्म साहश गरेको छ । सकरात्मक कोशिष गरेको छ । कसले कतीसम्म निस्वार्थ योगदान गरेको छ उक्त कुराको सुक्ष्म अध्ययन गर्नु पर्नेछ नकी कसले कती मिठो भाषण गर्छ त्यसको आधारमा हैन । तसर्थ उनिहरुको कार्य क्षमताको आधारमा देशको लागि समाजको लागि सकारात्मक परिवर्तनको लागि मेरो विचारमा जित्नै पर्ने केही उम्मेदवारहरु
१ मदन राई–खोटाङ जिल्लाबाट नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुन मदन राई । उनी पेशाले कृषि बैज्ञानिक हुन । तर हृदयबाट स्वस्र्फुत निस्वार्थ समाजसेवी अनी आर्थिक उन्नतिको लागि कृषि नै नेपालको एक मुख्य श्रोत हो भनी विश्वास गरी बोली भन्दा काममा विश्वास गर्ने राजनीतिज्ञ हुन उनी । उनले खोटाङ जिल्लाको संमृद्धिको लागि करीब तीन दशक आफ्नो जिबन खर्चेका छन । उनले खोटाङ जिल्लाबासीलाई कृषिबाट आफ्नो जिबन स्तर सुधार्न सकिन्छ भनेर कृषि सम्बन्धी बिभिन्न उपायहरु सिकाएर, आफ्नो ज्ञानलाई बाडेर, निशुल्क बिउँ बाँडेर सदा खोटाङ्गेको निम्ती आफ्नो उपस्थिती जनाएका छन् ।
उनकै प्रयासका कारण आज खोटाङ जिल्लाले कृषिमा फड्को मारिरहेको छ । तसर्थ, कतिपय खोटाङबासी ब्यबसायिक कृषक हुन सुरु भईसकेको छ । यसलाई अझ आधुनिकिकरण गराउन सके खोटाङ जिल्लाले कृषिबाटै आर्थिक उन्नती गर्ने कुरामा दुइमत छैन । तर यसको लागि सम्पूर्ण खोटाङबासिको ऐक्यबद्धता अनी खोटाङबासीले मदन राईको अभियानमा सहभागिता जनाउँनै पर्छ र अहिलेको अपरिहार्यता भनेको मदनलाई बिना कुनै स्वार्थ बिना पुर्बाग्रह मतदान गरी बिजय गराउनु हो ।
उनले भनेका छन जुन संम्भब पनि छ हलेसि महादेबस्थनको देशब्यापी अनी अन्तराष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने अनी त्यसको सहि सदुपयोग गरी पर्यटकिय स्थल बनाउने हलेसीलाई जुन गर्नको लागि पनि सम्पूर्ण खोटाङबासीको सहभागिता चाहिन्छ र त्यस सहभागिताको निम्ती पनि नेत्रित्व दिन सक्ने सिपालु ब्यक्ती मदन राई नै हो किन कि उनी मात्र यस्ता खोटाङगे उम्मेद्वार हुन जसले उच्च ओहोदाका ब्यक्तिसंग काम गरेका छन अनी उनी अन्तराष्ट्रिय मान्यता प्राप्त ब्यक्ती हुन । यसैले खोटाङमा उनको बिकल्प अरु कोही हुनै सक्दैन ।
२, गगन थापा–थापा नेपाली राजनीतिका सबैभन्दा उर्जावान साहसी अनी प्रगतिशिल युवा नेता हुन । अहिलेको पुस्तामा रिष्क लिन सक्ने नेत्रित्व दिन सक्ने अनी शिर्षस्थ नेताहरुलाई खबरदारी गर्न सक्ने होनाहार राजनीतिज्ञ हुन गगन थापा । जुन बेला सिङ्गो नेपाली कांग्रेस संबैधानिक राजतन्त्रमा विश्वास गथ्र्यो त्यो बेलामा बिद्यार्थी नेताको हैशियतमा रहेर पनि सिङ्गो पार्टीको ह्वीप बिपरित गणतन्त्रको पक्षमा लडने हिम्मतिला ब्यक्ती हुन उनी ।
उनिहरुको सिङ्गो पुस्तामा पार्टीको नेत्रित्व अब नयाँ पुस्तामा हुनुपर्छ भनी आफ्नो राजनीतिलाई नै दाउमा राखी पार्टीको महामन्त्रिमा उम्मेद्वारी दिई नेपाली राजनीतिको पुरानो परम्परालाई तोड्न हिम्मत गर्ने साहसी एक मात्र नेपाली राजनीतिका ब्यक्ती हुन उनी । नेपालमा अस्पताल खुलेको धेरै बर्ष भए पनि बिना नियम कानुन नै चलिरहेको अवस्थामा नेपालको स्वास्थ्य सम्बन्धी नियम कानुन बनाइ नेपालको स्वास्थ क्षेत्रमा आमुल परिवर्तन गर्ने पहिलो स्वास्थ्य मन्त्री हुन उनी ।
उनीमात्र एक यस्तो ब्यक्ती हुन नेपाली राजनीतिमा जसले परिवारवादलाई ठाडो चुनौती दिएका छन आफनो ससुरा बिरुद्ध उम्मेद्वारी दिए । म ठोकुवाका साथ भन्छु उनको दौतरीमा उनी जतिका सक्षम, साहसी, दुरदर्शी अरु कोही छदै छैन तसर्थ उनको जित भनेको नयाँ पुस्ताको जित हो, हिम्मतिला ब्यक्तिहरुको जित हो, चाकरी चाप्लुसी बिरुद्ध गतिशिलताको जित हो ।
३, लालबाबु पण्डित–उनी यस्तो ब्यक्ती हो,यस्तो अपबादको मन्त्री हो, जसले तलब भत्ता मात्र खान मन्त्री हुनेहरुलाइ दरिलो झापड हानेका छन । उनले एक मन्त्री इमान्दार भयो भने, शाहसी भयो भने, सक्षम भयो भने कतीसम्म राज्य ब्यवस्थामा सुधार ल्याउन सक्छ भनेर एक उदाहरण पेश गरेका छन नेपाली राजनीतिमा अनी उनले सम्पूर्ण नेताहरुमा अती गरुङ्गो प्रेसर छोडेका छन ।
आफु मन्त्री हुँदा नेपालको सम्पूर्ण प्रशासनिक क्षेत्रमा अपत्यारिलो परिवर्तन गरेर अब, उसले गरेको त्यो सकारात्मक परिवर्तनलाई कसैले पनि तोडमोड गर्न सक्ने वाला छैन । तसर्थ यस्तो नेपालको अतुलनिय काम गर्न सक्ने ब्यक्ती अनी सम्पूर्ण नेपालीहरुको निम्ती आशाको श्रोत लालबाबु पण्डितले चुनाव जित्नु भनेको देशमा भएका नराम्रा कुरितिहरुको अन्त्य भई कानुन सम्मत राष्ट्रको निर्माण हुनु हो । यसरी उनी जस्ता ब्यक्तिको जित हुनु भनेको अन्य राम्रा ब्यक्तिहरुलाई अझ धेरै हौसला प्रदान गर्नु हो । नराम्रा सोच भएका ब्यक्तिहरुलाई पनि सही बाटोमा आउन प्रेरणा दिनु हो । तसर्थ देशमा सुशासनको निम्ती लालबाबुको जित अरिीहार्र्य छ ।
४, जनार्दन शर्मा–जनार्दन शर्मा उर्जामन्त्री हुँदा नेपालमा लोडसेडिङ नै हट्यो जुन धेरै मान्छेहरुले कल्पनानै गरेका थिएनन् । तसर्थ उनले कर्मचारीहरुलाई सही बाटोमा हिडाउन अनी सही काम गराउन खेलेको सकारात्मक भूमिकालाई हामीले सम्मान गर्नै पर्छ । उनले जसरी आ–आफ्नो बिभागमा सबै मन्त्रीले सफल हुन सके हाम्रो देश कती सुन्दर हुन्थ्यो होला । तसर्थ उनको यो उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालाई हामीले समर्थन गर्नु भनेको सम्पूर्ण राम्रा मान्छेहरुको समर्थन गर्नु हो । तसर्थ उनलाई भोट नगर्नको लागि अन्य बिकल्पै देख्दिन म ।
हुन त नेपाली राजनीतिमा अन्य धेरै ब्यक्तिहरु पनि निस्वार्थ भावनाले देश र जनताको लागि परेका छन् उनिहरुको पनि सबैको सही मुल्याङ्कन गरोस नेपाली मतदाताले । देशको भलो चाहाने अनी क्षमता भएका कोही पनि नहारुन । तर, सबै भन्दा मुख्य कुरा के हो भने दशजना राम्रा मान्छे हारे पनि एक जना नराम्रा गुण्डा अनैतीक ब्यक्तिले चुनाव नजितुन किनकी एकवटा कुहिएको आलुले बोराकै आलुलाई कुवाउँछ यसर्थ नराम्रा ब्यक्तिलाई पराजय अनी राम्रा ब्यक्तिलाई बिजय गराउ । जय नेपाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology