समायेाजन खबर डटकम,१८ नेाबेम्बर ,टेाक्येा
चर्चित पप गायक उगेश लिम्वु डिसेम्वर १० मा टोकियो आउने भएका छन । नेपाली पप गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक लिम्बुले टोकियोमा बढ्दै गरेको जाडोमा आफ्ना फ्यानहरुलाइतताउनेछन ।
नेपालकेा इटहरी ,झापा,धरान,भिर्तामेाड,बिराटचेाक,पेाखरा,बुटवल,चितवनमा र नेपाल बाहिर मलेसिया,दुबइ लगायत बहुसंख्यक नेपाली रहेकेा बिभिन्न देशहरुमा ‘म्युजिकल टुर’ गर्दै हिँडेका लिम्बु डिसेम्बरको यो चिसोमा पप पारखीहरुलाई तताउन जापानको टोकियो स्थित नाकानो जेरो हलमा आउँदैछन । उगेश लिम्वु लाइभ इन टोक्यो नाम दिईएको सांगितिक कार्यक्रममा नेप्सोल र स्वस्तीक ब्याण्डले पनि आफ्नो प्रस्तुती दिँदैछ । गायक लिम्बुले रेलिमाई रेलिमाई, गहिरेा अँ।खा,साहरा,रिसायेाकी,गुराँसै फुल्येा,लेकाली,अन्जानले कुन,बुलेर,यो कस्तो अल्झिएको सोच, अंगालोमा जस्ता दर्जनौँ गीतहरू गाएका छन् ।

सांगितिक कार्यक्रमलाई दावा शेर्पाले उद्घोषण गर्नेछन । डान्सरहरु यांकी गौचन र प्रिति लामा तितुङले धमाकेदार नृत्य प्रस्तुत गर्नेछन । जापानमा रहेका अन्य कलाकारहरुले पनि प्रस्तुती दिनेछन । शेर्पा इभेन्टस एण्ड इन्टरटेनमेन्टका सञ्चालक एल सोनाम शेर्पाले यो सांगितिक कार्यक्रमलाई आयोजना गरेका छन ।
डिजे एशोसिएसन, शेर्पा संघ टोकियो, शेर्पा संघ तोकाई, शेर्पा ईन्टरटेन्मेन्ट, तामाङ्ग कलाकार संघ जापान, काभ्रेली समाज जापान र सोलु जापान युथ ग्रुपले कार्यक्रमलाई बिशेष सहयोग गरेका छन । हिकारी कम्पनी लिमिटेडका निमा लामा शेर्पा र बारकाँडे रेष्टुरेन्टले कार्यक्रमलाई प्रायोजन गरेर सहयोग गरेका छन ।
कार्यक्रम डिसेम्बर १० आईतबारका दिन साँझ ठिक ६ बजेबाट सुरु हुनेछ । गायक लिम्बु जापानपछि युके,हङकङ,न्युयेार्कमा जाने येाजना रहेकेा बताइएकेा छ । कार्यक्रममा उपस्थितिका लागि जापानबासी सबै नेपालीहरूलाइ अनुरेाध गरकेा छ । सेाही कार्यक्रम समायेाजन खबरकेा फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology