पदम सिंह ठगुन्ना
“मार्क्सवाद र त्यसबाट निर्देशित लेनिनवाद र माओबादले विस्व भरिकै आम जनतालाइ उपनिवेसवाद बाट मुक्त गराउन, र राजा-रजौटाहरुलाई फाल्न अचूक रणनितीहरु दिएकै हो। जनयुद्धको माध्यमले नेपाली आम जनताले पनि यसको सफल उपयोग गरेकै हो। नेपालमा भएको पछिल्लो युगान्तकारी क्रान्ति र त्यस पछि संबिधान निर्माण मार्फत भएका प्रगतिशील र अग्रगामी राजनीतिक परिवर्तनको एक प्रमुख नेताको हैसियतले मैले देशलाई भन्नै पर्छ, एउटा युग सिध्याई देश अब अर्को युगमा प्रवेश गरेको छ। संबिधान बाटै अब हामी देशलाई ‘समाजवाद उन्मुख राष्ट्र’ को रुपमा परिभाषित गरिसकेका छौ। लामो अवधिको कम्यूनिस्ट आन्दोलन एउटा तार्किक निस्कर्षमा पुगी सकेको छ। मेरोआफ्नै कुरा गर्ने हो भने देश लाइ एक गणतन्त्र बनाउने मेरो जीवनको प्रथम उद्देस्य पूरा भइसकेको छ। अबको आवस्यकता आर्थिक बिकास हो, सबै नेपालीहरुको समृद्धि हो। यहि मेरो जीवनको दोस्रो र अन्तिम उद्देस्य हो।
अंग्रेजीमा एउटा उखान छ, “what got you here will not take you there” (जुन कुराले तिमीलाई यहाँ सम्म ल्याएको हो, त्यसैले तिमीलाई त्यहाँ सम्म पुर्याउदैन)। मेरा सहयोद्धाहरुले बुझ्नै पर्ने हुन्छ, शास्त्रिय (Classical) कम्युनिज्मले अब हामीलाई हाम्रो नया गन्तब्यमा पुर्याउन सक्दैन। मार्क्सवाद, लेनिनवाद र माओबादका सिद्धान्तहरु, क्रान्ति पछिको आर्थिक बिकासको लागि अपूग भएको संसारको बिकासको इतिहासले बारम्बार पुस्टि गरेको छ। चीन र रुस जस्ता कम्युनिष्ट मुलुकहरुले पनि समयको यहि मागलाइ बुझ्दै राष्ट्रिय पुंजीको बिकास र निजि क्षेत्रलाइ प्रवर्धन गर्न शुरु गरेको आज दशकौ भैसक्यो। हामीले पनि नविन सोच, नया राजनीतिक र आर्थिक विचारधारा निर्मित गर्नैपर्छ। शास्त्रिय कम्युनिजमलाइ एउटा राजनीतिक ब्रान्ड बनाइ आफ्नो र आफ्नो आसे पासेको जीवन धान्ने केही अल्पज्ञानी राजनीतिज्ञहरुले यस सत्यलाई स्वीकार गर्न सकिरहेका छैनन्। आफ्नो सत्ताको खेल मात्रै खेली राखने यी राजनीतिज्ञहरुले नेपाललाइ माया गर्ने र देश बिकासमा रात दिन खट्ने लाखौ आम कम्युनिस्ट, माओबादी कार्यकर्ता र आम जनतालाइ यस साश्वत सत्य बाट बिमुख राख्न बिभिन्न झुठो तर्कहरु राख्दै आएका छन्।
नेपाललाई चाहिने नया विचारधारा “वाम लोकतन्त्र” हो। बिचार पुर्याउनु होला “वाम” भनेको कम्युनिष्ट मात्रै हैन- समाजवादलाइ अङ्गीकार गर्ने सबै राजनीतिक शक्तिहरु ‘वाम’ हुन्। नया शक्तिले वाम लोकतन्त्रको मान्यतालाइ पार्टी स्थापना देखिनै अघि सारेको छ। वाम लोकतन्त्र विचारधारा अङ्गीकार गर्न स्वीकार गरे जस्तो महसुस भए पछि मात्रै मैले एमाले र माकेसंग एकता गर्ने प्रस्तावसंग जोडिन पुगेको थिए। तर यी दुइ पार्टीका नेता पछि शास्त्रिय कम्युनिस्ट विचारधारालाइ नै अघि सार्ने मनसाय प्रकट गरेपछि मैले पछि हट्नुको कुनै विकल्प न रहेको अवस्था आएको हो। म आज पनि “वाम लोकतन्त्र” मान्ने राजनीतिक शक्तिहरुसंग हातेमालो गर्न तयार छु, प्रयासरत छु। नेपाली कांग्रेस संगको मेरो चुनावी सहकार्य पनि देशकै पुरानो पार्टी भाबिस्यम़ा बीपी कोइरालाको “समाजवाद” अर्थात “वाम लोकतन्त्र” तिर अझै मजबुतिका साथ अगाडी बढ्ला भने आशाले गरिएको हो। मैले बाटो बिराएको होइन, देशको प्रमुख राजनैतिक शक्तिहरुलाई वाम लोकतन्त्रको बाटोमा ल्याउने प्रयासमा लागेको हुँ।
कार्ल मार्क्स आज पनि मेरो हिरेा मेरो जीवनको एक आदर्श पुरुष हुनुहुञ्छ र सदैव रहनु हुनेछ। मेरो जीवन कम्युनिस्टहरुले बिताउनु पर्ने आदर्श जीवन भन्दा आज पनि फरक छैन र कहिले पनि फरक हुने छैन। एउटा साधारण कोठामा बस्छु, एउटा साधारण खाटमा सुत्छु। मैले सम्पति आर्जन गर्न कहिले लागिन, कहिले लाग्दिन। कुनै दुराचार गर्दिन। आफुलाइ कम्युनिष्ट भन्ने, माओबादी भन्ने नेताहरुको चरित्रलाइ पनि केलाएर हेर्नुहोला। के तिनीहरु साच्चै नै कम्युनिस्ट हुन् ? बढी भन्दिन। यती नै भन्छु, झूठा (Fake) कम्युनिस्टहरु संग सतर्क रहनु होला।
(बाबुराम भट्टरार्इकेा साथमा युवा फेसबुक समुहद्वारा गरिएको स्काईप अन्तर्वाताको सम्पादित अंश।)
लेखक अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष समेत हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology