• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विर्तामोडमा झडप, प्रहरीद्धारा आँसु ग्यास प्रहार

विर्तामोडमा झडप, प्रहरीद्धारा आँसु ग्यास प्रहार


समायोजन खबर
  • शुक्रबार, कार्तिक १० २०७४

  • झापा, १० कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको विरोध माथि प्रहरीले दमन गरेको छ । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेको हो ।

    लामो समयसम्म पनि घटनालाई ढाकछोप गर्न बिर्तामोडका डिएसपी राजकुमार सिलवाल लागेपनि सर्वसाधारणको निरन्तरको दबाब बढ्न थालेपछि सर्वसाधारणको याली माथि प्रहरीले हस्तक्षेत गरेको छ । प्रहरीले हस्तक्षेप गरेपछि दुवै पक्षबिच झडप भएको थियो । झडपमा कारण अहिले विर्तामोडको मुक्तिचोक आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले अश्रृग्यास प्रहार गर्न थालेको छ । बिर्तामोड बन्दको आह्वान गरेर स्वत स्फुर्त रुपमा निकालिएको यालीमा प्रहरीले हस्तक्षेप गर्दै नागरिक माथि दमन गरेपछि तनावको स्थिती सृजना भएको स्थानीय बताउछन् ।

    बालकको हत्या भएको एक महिना बित्न लाग्दा समेत प्रहरीले घटनाको बास्तविकता सार्वजनिक नगरेको भन्दै सर्वसाधारण आक्रोशित बन्न थालेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत अत्यावश्यकीय सेवाका साधन बाहेक सम्पूर्ण सवारी साधन चल्न नदिने, बिर्तामोड क्षेत्रका कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्था पूर्ण रुपमा बन्द गर्ने रहेका छन् । प्रहरीको कामप्रति नै असन्तुष्टि जनाउँदै मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालको सरुवाको माग गरेका थिए ।

    गत असोज १४ गते भाइटीकाको दिन सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology