ईन्द्र जिजीबिषा,
भंगेरा पनि पहिले अरु चराहरु जस्तै हिड्ने गर्दथ्यो । एकदिन, भंगेरा एकजना किसानको घर नजिकै बसिरहेको थियो । ति किसानले केहि हाँसहरु पालेका थिए ।
त्यो दिन भंगेराको नजिकै भएर हाँसहरु बडो गज्जबले ढलक(ढलक ढल्किदै हिड्दै पोखरी तिर गयो । यो देखेर भंगेरालाई पनि हाँस जस्तै ढल्किदै हिड्न मन लाग्यो । त्यसपछि, भंगेरा पनि हाँसको हिडाइ सिक्न प्रयास गर्न थाल्यो । सिक्दै गयो(सिक्दै गयो, सिक्दा सिक्दै धेरै लामो समय बित्यो तर भंगेरा हाँस जसरि कहिल्यै हिड्न जानेन ।
यता लामो समय सम्म हाँसको हिडाई सिकेको भंगेराले हाँस जस्तै हिड्न सकेन(सकेन आफ्नै हिडाई पनि बिर्सियो । यसै कारण आज भंगेरा अरु चरा जसरि दुई खुट्टा चालेर हिड्न नसकी फुत्त(फुत्त उफ्रेर हिडेको भन्ने लोक कथा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology