भक्त बहादुर दुरा
मुलुकको राजनीतिमा हाल एक खालको चेल खेल भइरहेको समाचारहरू आई रहंदा देशमा होस वा विदेशमा नेपालीहरू बीच अत्यन्त चासोको बिषय बनेको छ । झनै पार्टी एकताले त तरंगनै ल्याएको सबैले महशुस गरिरहेका छन । पार्टी एकता अत्यन्त आवश्यक थियो किन भने पार्टी खोल्ने त एउटा व्यावसय नै बनेको कारण मुलुकले काचुली फेर्न सकिरहेको थिएन । शान्त, समृद मुलुकको त कुरै नगरौ तर एकताको नाममा, गठबन्धनका नाममा भोली अनेकता नहोस भन्ने हो । यस्तो सम्वेदनशिल बिषयमा छलफल बहस हुनु पर्ने थियो तर न एकताको नाममा वा गठबन्धनका नाममा कुनै छलफल बहश भएको देखिदैन । एकाएक नेताहरूको एकता गर्ने घोषण, घोषणबाट असन्तुष्टी सबै कुरा सन्जालमा आएको छ । यसले त के जनाउदछ भने नेताले जे गरे पनि हुन्छ । जनता सबै नेताका रैती हुन नेताले जे भन्छ त्यो मान्नु पर्छ नमाने कारवाही हुन्छ । यसमा निरंकुश तानशाहा प्रवृतिको हवि भएको देखिन्छ ।
हामी सबैले सोच्नु पर्ने कुरा के हो भने एकता गठबन्धन केका लागी होला ! नेताहरू भन्दै हुनुहन्छ मुलुकको शान्ती बिकासका लागी यो कुरामा सबैको सहमत हुन्छ तर बिचार, सिदान्त र व्यावहार मिलेन भने पार्टी एकता हुन सक्छ ? त्यो पार्टीको एकता गठबन्धन दिर्घकालिन हुन सक्छ ? सक्दैन बिचार, सिद्धान्त र व्यावहार सबै मिल्न सक्नु पर्छ तर अहिलेको एकता गठबन्धन अवसरलाई मात्र मध्यनजर गरेको भान भएको छ ।
म बिध्यार्थी काल देखी बामपन्थी बिचार धाराबाट राजनीती शुरू गरेर कुनै बेला नेकपा एमालेको संगठित सदस्यमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिरहेको थियां तर एमालेले जनताको पहिचानको मुद्धालाई बेवास्था गरेको कारण एमाले पार्टी परित्याग गरी संघिय समाजवादी पार्टीका संस्थापक सदस्य हुँ । जो अहिले संघिय समाजवादी फोरम नेपाल पार्टीमा छु । मेरो पार्टीलाई मेरो निवेदन के हो भने गठबन्धन मात्र होइन ! एकता (एकीकरण ) हुनु जरूरी छ । एकता बिना कुनै कुराको सफलता प्राप्त गर्न सकिदैन तर एकता गर्दा बिचार, सिद्धान्त र व्यावहारलाई ध्यान दिनु अत्यन्त जरूरी छ । मुलुकको बिकास र शान्तीको बाधक नै च्याउ झै उम्रेको पार्टीका कारणले हो भन्ने कुरा अन्य पार्टीका नेतागणहरूले समेत महशुस गर्नु भएको छ । यसमा म सबै पार्टीका नेतागणहरूलाई हार्दिक धन्यवाद नदिई रहन सक्दिन ।
दोश्रो कुरा हाम्रो पार्टी फरक बिचारबाट निर्माण भएको पार्टी भएकोले संघिय समाजवादी फोरम नेपालको नेतृत्वमा पहिचानवादीहरूको पार्टी एकता गर्ने पहल गर्नु पर्दछ । तेश्रो कुरा पार्टी सरकारमा पनि सहभागी हुन जरूरी छ । सरकारमा बसे पछि प्रतक्षारूपमा जनताको सेवा गर्ने अवसर मिल्दछ । त्यसकारणले सरकारमा जांदाको संसदीय दलका नेता अशोक राई भएको हुनाले उहांको नेतृत्वमा सरकारमा जानु उपयुक्त होला जस्तो मलाई लाग्दछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology