फुर्वा शेर्पा÷असोज ४ जापान,
भूतपुर्व राष्ट्रिय भलिवल खेलाडी नबिन गुरुंङको अध्यक्षतामा भलिवल संघ जापान कमिटि गठन भएको छ । जापानमा रहेर भलिबल खेलमा सक्रीय खेलाडीहरुको सक्रीयतामा मंगलवार भएको कमिटिको बरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुबेदि, सचिव भबिन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् । कमिटीमा १९ सदस्य तथा ७ सल्लाहकार समिती रहेको छ ।
पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले प्रमुख अतिथी रहेर गरिएको नयाँ कमिटीले भलिवल खेलका लागि टिम मजबुत बनाउने विषयमा छलफल, जापानवासी नेपालीहरुबिच पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना, संघको सदस्यता वितरण कार्य विस्तार र आधिकारिक रुपमा नेपालमा दर्ता प्रक्रिया अघाडी बढाउने निर्णय गरेको छ ।
कार्यक्रममा सस्थागत विकासमा सहयोग गर्नुहुने चन्द्र बहादुर खत्री, हिमाल कंडेल, श्रिभक्त गुरुङ्ग, शिव प्रसाद पौडेल, पुष्करजङ्ग थापा, पर्शुराम बस्नेत, नर बहादुर थापा, लोकेश खत्री, नबिन गुरुङ्ग र सबिता श्रेष्ठलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology