• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं. २ ,आउन थाल्यो मत परिणाम – हेर्नुहोस् १० स्थानमा कहाँ कसको कती

प्रदेश नं. २ ,आउन थाल्यो मत परिणाम – हेर्नुहोस् १० स्थानमा कहाँ कसको कती


समायोजन खबर
  • मंगलबार, असोज ३ २०७४

  • असोज ३, काठमाडौँ | प्रदेश नं २ को तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश अधिकांश निर्वचन क्षेत्रको मतगणनाको परिणाम आउने क्रम सुरु भएको छ | मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिएको छ । उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् । राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिएका छन् ।

    बाराको फेटा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारले प्रारम्भिक अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार रुस्तम अन्सारीले २ सय मतगणना हुँदा ४० मत प्राप्त गरेका छन्। उनलाई फोरमका अमिरिलाल प्रसाद ३८ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै फोरम लोकतान्त्रिकका उम्मेदवार २२ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका असरफ अलीले १७, राजपाका उम्मेद्वारले १४  र एमाले उम्मेदरले ११ मत प्राप्त गरेको फेटाका निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिएका छन् ।

     

    त्यस्तै बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराको बारागढी गाउँपालिकामा कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन् । एमालेका उम्मेद्वार सीताराम चौधरीले भने १ सय २८ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । १३ हजार १ सय ७२ मतदाता रहेको बारागढीमा ८१.०५ प्रतिशत मतदान भएको थियो ।

     

    बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ । त्यस्तै कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ । कल्याणपुरमा कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन् । राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन्। माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन्। उपमेयरमा पनि नेपाली कांग्रैसले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत दिर्घराज उपाध्यायले बताएका छन् । बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।

     

    धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ। सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले २४ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले २१ मत पाएका छन् । उपमेयरमा पनि एमाले उमेदवारले नै प्रारम्भिक अग्रता लिएका छन् ।

     

    त्यस्तै, धनुषाको मिथिला विहारी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ। भर्खरै प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उमेदवारले १ सय २४ मत पाएका छन्। नेपाली कांग्रेसले १०५ मत पाएको छ भने संघीय समाजवादी फोरमले ६२ मत पाएको छ। राजपा उमेदवारले २९ मत पाएका छन्।

     

    बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ। धनुषाको गणेशमान-चारनाथ नगरपालिकामा प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयर उमेदवार दुर्गाप्रसाद मल्लले ९१ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका रामबावु यादवले ८४ मत ल्याएका छन्। त्यहाँ नेपाली कांग्रेसका उमेदवार संजय महतोले ७३ मत ल्याएका छन् भने र एमालेका बेचन साहले ३१ मत ल्याएका छन । उपमेयरमा पनि माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएका छन् ।

     

    सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् ।  सिरहाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन । कांग्रेस उमेदवारले १३, माओवादी केन्द्रका उमेदवारले १२ र एमाले उमेदवारले ९ मत पाएका छन् । उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमले नै प्रारम्भिक अग्रता लिएको छ ।

    अहिलेसम्म कसको अग्रता कहाँ ?

    कांग्रेस -४

    माओवादी – २

    राजपा – १

    एमाले – २

    फोरम नेपाल – १ साभार साझासबाल

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology