नेपाल लगायत दक्षिण एशिया र पुर्वी एशियाका अधिकतम संख्यामा र विश्वकै विभिन्न मुलुकबाट केही संख्यामा विद्यार्थीहरु जापानमा अध्ययन गर्न विद्यार्थी भिषामा आउने गरेको पाइयो । विश्वका विकसित मुलुकबाट आएका केही विद्यार्थी सीमित लक्ष्य र उद्देश्यका साथ आएका र अध्ययनलाई प्राथमिकतामा राखेर अध्ययन गरेको पाइयो भने त्यस्ता मुलुकका केही विद्यार्थी जो आफ्नो मुलुकमा राम्रो अध्ययन गर्न नसकेर नोकरीबाट वन्चित भएकाले भविष्य खोज्न जापान आउने गरेको पाइयो तर केही अल्प विकसित मुलुक लगायत नेपालका लगभग ९०% प्रतिशत विद्यार्थी नेपालमा राम्रो अध्ययन गरी प्रमाण पत्र हातमा भएर पनि राम्रो कामको अवसर नपाउदा Brain Drain को रुपमा विभिन्न विकसित मुलुक लगायत जापान आउने गरेको पाइयो।
जापानको अध्ययन जापानकै औद्योगिक कामदार लगायत अन्य विभिन्न कम्पनिको कामदार हुनका लागि उपयोगी भएता पनि जापानको अध्ययनले अन्तराष्ट्रिय रुपमा खासै महत्व राख्छ भन्ने चाहि लागेन त्यसैको उपजले पढेर काम छैन भनेर नेपाली र पुर्वी एशियाका सबै विद्यार्थीहरु काम अत्यधिक गरीरहेका छन् र गर्न पर्ने बाघ्यता पनि छ ।
यसै प्रसँगमा आफ्नै बारेमा केही मनका तरंगहरु Share गर्न मन लाग्यो। विषय प्रवेश: Central Department of Rural Development University Campus Kirtipur मा Master’s Degree अध्ययन गर्दै गर्दा आफ्नेा अध्ययनको योग्यता ग्रेडअनुसार जापान उपयोगी देखिएकोले जापान आउने चक्करमा लागियो र process पश्चात भिषा लागे पछि जापानको कलेजको शुल्क तिर्न अ।फन्त साथीभाइहरूबाट ऋण लिएर १२,१३ लाखको ऋण टाउकोमा बोकेर जापान आइयो । शुरुवातमा त्यही ऋणले पढाइ भन्दा पनि कामलाई प्राथमिकतामा राखियो ।जसले गर्दा विश्वविद्यालय प्रवेश गर्ने प्रमुख द्वारको रुपमा मानिएको पढाइमा राम्रो दख्खल राख्न सकिएन जस्ले गर्दा अन्तराष्ट्रिय स्तरको विश्वविद्यलायमा प्रवेश पाउन पनि सकिएन। त्यसताका काम प्रति गरिएको मेहनत अहिले सम्झिन्दा कहाली लागेर आउछ शायद शुरुवातमानै टेाक्येा आएको भए एक किसिमले त्यस्तो कडा परिश्रम त गर्न पर्ने रहेन रहेछ भन्ने महशुस अहिले आएर गर्न थालियो,स्मरण रहोस Duku टेाक्येा
बाहिर ग्रामीण भेगमा रहेको कलेजमा भर्ना भएको थियो। टेाक्येा भन्दा बाहिर ग्रामिण भेगमा भएका विद्यार्थी स्वाभावैले बढी काम गर्न पर्ने बाध्यता प्राय सबैमा छ जस अनुसार Duku ले पनि हप्तामा ६ दिन ६ रात काम गर्या थियो किनकि प्रति घण्टा ७७० ¥ देखि ८२५¥ थियो भने रातमा २५% बढी पाइन्थ्यो तर त्यति गर्दा पनि मासिक रुपमा प्राप्त हुने रकम त्यो स्थानमा धेरै भए जस्तो लागे पनि टेाक्येा को तुलनामा मेहनत अनुसार धेरै कम र शरीरलाई बढी दुख परेछ भन्ने महशुस अहिले गरिरहेको छु शायद त्यसबेला टेाक्येा आएको र त्यस्तरी नै मेहनत गरेको भए हाल ऋण मुक्त भइ स्वतन्त्र जीवन विताइरहेको हुने थिए त्यसताका नत रातमा नत दिनमा राम्ररी कहिल्यै सुतिएन, यतिसम्म कि २४ घण्टामा १९ घण्टासम्म पनि Standby काम गरिएको थियो प्रत्येक दिन किस्ताबन्धीमा २,३ घण्टा सुतेर हप्ताको एउटा रात मात्रै full night सुतिन्थ्यो यस्तो अवस्थामा पढाइको स्तर कता पुग्यो पुग्यो …………..! त्यसका बाजे अलि अलि भएको ज्ञान पनि भुलियो।
लगभग २ बर्षको पढाइ सकेर टेाक्येा ट्रान्सफर भएको पनि ६ वटा महिना सकिन्दै गर्दा विगत र टेाक्येा को lifestyle लाई तुलना गर्दा विगतको लाइफ र संघर्ष याद गर्दा कहाली लागेर आयो किनकि टेाक्येा मा ७ दिनमा ७ दिन नै काम गरेता पनि मध्यरातको १ बजेबाट बिहान ८ बजेसम्म मजाले सुतिन्छ। ८ बजे उठेर हल्का दाना पानी च्यापेर कलेज गइन्छ,कलेजमा ५ घण्टा हाँसी खुसी समसामयिक राजनैतिक गफ अनि My Number,Refugee र भिषा परिवर्तन सम्बन्धीको गफ गरेरै विताइन्छ र ३ बजे पछि वासस्थान फर्की कापी कलम थन्को लगाई एक छिन आराम गरी रोजी रोटीको लागि काममा लागिन्छ;यति हुँदा नि कमाइमा चित्त बुझाइएकै छ भने यो पो त जिन्दगी ! मैले यसो भनिराख्दा धेरै साथीहरुसँग प्रतिकुल पनि हुनसक्छ त्यसैले यो नितान्त मसँग मात्र सम्बधित रहेकोले The lifestyle of Tokyo is better than outside the Tokyo.
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology