• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तपाइ पनि जापानकेा माउन्ट फुजी हेर्न अ।उने हैन र ?

तपाइ पनि जापानकेा माउन्ट फुजी हेर्न अ।उने हैन र ?


समायोजन खबर
  • बिहिबार, भाद्र २९ २०७४

  • समायेाजन खबर , ,टेाक्येा

    जापानकेा माउन्ट फुजी जापानकेा सबै भन्दा अग्लेा हिमालकेा रूपमा संसारभर परिचित रहेकेा छ । सामान्यतया जापानिजहरूले फुजीसान भनेर चिन्नेगर्दछन् ।माउन्ट फुजी अर्थात फुजीसानकेा उचाइ ३ हजार ७ सय ७६ मिटर उचाइ अर्थात १२हजार ३सय ८९.२ फिट रहेकेा छ भने अ।धारभुत परिधि ३० माइल र शिरकेा परिधि १६सय फिट रहेकेा छ ।

    फुजीसान जापानमा रहेका तीन पबित्र हिमालहरू (ताते,माउन्ट हाकु,माउन्ट फुजी)मध्येमा पर्दछन् । येा हिमाल जापानकेा हेान्सु टापुकेा मध्य भागमा रहेकेा छ । सिजुअे।का प्रान्त र यामानासी प्रान्तकेा सिमामा अबस्थित माउन्ट फुजी भैागेालिक ,प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । राजधानी टेाक्येादेखि पश्चिमदिशामा अबस्थित फुजीसान वरिपरि पाँच वटा मुख्य तालहरूले घेरिएकेा छ ।जापानीहरू फुजीसानलाइ जापानी बैाध्दधर्म(सिन्तेा)का देवता फुची र सिन्गेन सामाकेा रूपमासमेत पुकार्ने गर्दछन् । यस क्षेत्रकामुख्य अ।कर्षकहरू यहँ। रहेका पाँचवटामुख्य तालहरू खावागुचि ताल,यामानाकाकेा ताल,साइकेा तााल,मेातेासुका ताल,सेाजिकेा ताल हुन । फुजी हाकेाने इजु नेशनल पार्कले पनि अ।रेाही हरूलाइ थप अ।नन्द दिलाउदै अ।एकेा छ । फुजीसानलाइ जापानीहरू केानेाहाना साकुहिमा उपनामले पनि चिदछन् । जसकेा अर्थ अंग्रजीमा causing the blossom to bloom brightly ,referring to the pink cherry blossoms that frames the snowy mountain in the spring भन्ने जनाउँदछ । माउन्ट फुजी अर्थात फुजीसान करिब ६ लाख बर्ष अगाडि पेलेस्टेासिनेकेा युगमा ज्वालामुखी बिस्फेाट भएर बिशाल ज्वाला उत्पन्न भएर पहाडकेा बनेकेा थियेा ।यहाँका बैाध्द धर्मावलम्बीहरू भनाइअनुसार २८६ बिसि पछि महाभुकम्पका कारण फुजी भन्ने सुन्दर फुल जापानकेा सबैभन्दा ठुलेा ताल बिवातालमा उत्पन्न भएकेा भन्ने धार्मिक किम्बदन्ती समेत रहेकेा पाइन्छ ।धेरै बर्ष अगाडि फुजीसान क्षेत्रमा अ।इनु नामक जापानी अ।दिबासीहरूकेा समेत बसेाबास रहेकेा बुझिन्छ ।

    फुजी हिमाल अ।रेाहण गर्नका लागि ५ वटा भिन्न भिन्न स्थानहरूबाट जान सकिन्छ । यामानासी प्रान्त बाट अ।रेाहण गर्ने अ।रेाहीहरू फुजी सुबारू लाइनकेा पाचैा स्टेशनमार्ग हुदै जाने गर्दछन् । येा समुद्री सतह भन्दा २३सय मिटरकेा उचाइमा पर्दछ ।येा बाटेा हुदै अ।रेाहण गर्ने अ।रेाहीहरूले यहाँकेा सून्दर शहर फुजियेाशिदा ,यामानाकाकेा ताल र फुजियेासिदा सेन्गेन स्राइन ,केामिताके नामले प्रसिध्द धार्मिक स्थलकेा पनि अवलेाकन गर्न सकिन्छ ।येा मार्ग हुदै अ।रेाहीका लागि जाने अ।न्तरिक तथा बाह्य पर्यटकहरूका लागि बिभिन्न ठाउहरूमा जापनी साउना र हट स्पासहितका हेाटलहरू,रेस्टुँरा,पसलहरू,पार्किङ स्थल,क्वाइन लकर,हाइकिङ,साइट सिन तथा अ।राेहणका लागि चाहिने अ।वश्यक सामग्रीहरू बिक्रीका लागि राख्नेकेा पाइन्छ ।

    २ येासिदा ट्रेल

    येा ट्रेलपनि अ।रेाहण गर्नकालागि प्रसिध्द मार्गकेा रूपमा लिने गरेकेा पाइन्छ ।येा मार्गपनि यमानासी प्रान्तहुदै जानुपर्दछ ।यहाँबाट शिखरमा पुग्न ५देखि सात घण्टा लाग्दछ ।यस मार्गहुदै अ।रेाहण गर्न जाने पर्यटकहरूले बिहानीकेा सुर्येादयसंगै बिभिन्न अग्लाहेाचा हिमालहरूकेा दृश्यअवलेाकनका साथै हिमालयहरूमा सानातिना सुन्दर घर तथा छाप्राहरू देख्न सकिन्छ ।

    ३सुबासिरी पाँचैा स्टेशन ट्रेल

    येा मार्ग सिजुअे।का हुदै सुरू हुन्छ ।फुजिसानकेा पुर्बी दिशामा पर्ने येा मार्ग समुन्द्री सतहबाट २हजार मिटर उचाइमा पर्दछ ।हिमाल अ।रेाहण गर्नका लागि उपयक्त महिना जुलाइ महिनाकेा मध्य देखि सेप्टेम्बर महिनाकेा मध्यसम्ममा जापानि तथा अन्य बिदेशी पर्यटकहरू केा चाप बढी हुने भएकाले बस सेवा सहजै लिन सकिन्छ ।जुनै मार्गहुदै अ।रेाहण गर्न चाहेपनि सवारी साधानहरू पर्याप्त गराएकेा हुन्छ ।येा मार्ग हुदै अ।रेाहण गर्न जादा लिटल फुजी नामले चिनिने केाफुजि हिमाल २० मिनेटकेा पैदल यात्रा गरेर देख्न सकिन्न्छ ।येा हिमालकेा उचाइ १९७९ मिटर रहेकेा छ ।

    ४ गेातेम्बा ट्रेल

    येा ट्रेल सबैभन्दा लामेा ट्रेल मानिन्छ ।समुन्द्री सतहबाट १४ सय मिटर उचाइमा पर्ने येा मार्गबाट फुजीसानकेा अाधार सम्म पुग्न ७देखि १० घण्टा सम्म लाग्दछ ।येा मार्ग हुदै अ।रेाहण गर्न गएमा बिभिन्न प्राकृतिक सुन्दरतासाथसाथै बिभिन्न समयमा ज्वालामुखीका कारण बनेका लाभा तथा चट्टानहरू अवलेाकन गर्न सकिन्छ ।येा पनि सिजुअेाका प्रान्त भित्रनैपर्दछ ।

    ५ फुजिनेामिया ट्रेल

    येा ट्रेल सबैभन्दा छेाटेा ट्रेलकेा रूपमा चिनिन्छ ।यस ट्रेललाइ टेाक्येाबाट चल्ने जेअ।र तेाकाइदेा र सिनखानसेन ट्रेनमार्गले पनि छेाएकेा छ । अ।रेाही हरू अ।रेाहण गर्ने सिजनमा ब्यक्तिगत सवारी साधानलाइ प्रतिबन्घ गर्दै अ।एकेा छ ।विन्टर सिजनमा भने येा मार्ग पुर्णरूपमा बन्द हुने गर्दछ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology