म जस्ता सबै दलित युवाहरूले टुरिजम पेशा अगाल्नुपर्छ ,हिमाल चढ्रने केाशिस गर्नुपर्छ -प्रथम दलित अ।रेाही बिजय घिमिरे
म जस्ता सबै दलित युवाहरूले टुरिजम पेशा अगाल्नुपर्छ ,हिमाल चढ्रने केाशिस गर्नुपर्छ -प्रथम दलित अ।रेाही बिजय घिमिरे
समायोजन खबर
बिहिबार, भाद्र २९ २०७४
दलित समुदायबाट बिश्वकेा सर्वेाच्च शिखरमा पाइला टेकी किर्तिमान कायम गर्ने पहिलेा ब्यक्ति हुन सेालुखुम्बु दुघकुन्ड नगरपालिका वडा नं ७का बिजय घिमिरे ,उनले २०७४ जेठ ८ गते अर्थात सन २०१७ मे २२ तारिखका दिन नेपाली समयअनुसार बिहान बजे ५ बजेर५ मिनेटमा शिखरकेा सफल अ।रेाहण गरेका हुन । अ।रेाहण गर्नुकेा उदेश्य ,चुनैाती उहाँकेा पर्यटन ब्यबसाय,भाबी उदेश्य अनि बिबिध सेरेाफेरेामा रहेर समायेाजन खबर डटकमका लगि फुर्वा शेर्पाले उहाँसंग गरिएकेा संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएकेा छ ।
सर्वप्रथम यहाँलाइ स्वागत अनि बधाइ छ ।
हजुर धन्याबाद
हजुरले हालै मात्र दलित समुदायकेा प्रतिनिधित्व गरेर बिश्वकेा सर्वेाश्च शिखरकेा सफल अ।रेाहण गर्नुभयेा ।अ।रेाहण गर्नकेा मुख्य उद्देश्य के थियेा ?संक्षेपमा बताइदिनुहेास न ।
नेपालमा सदियैा देखि जुन जातिय भेदभाव र बिभेद छ त्यसलाइ हटाउन ,दलितले सगरमाथा अ।रेाहण गरे फाप्दैन अनिष्ठ हुन्छ भन्ने गलत धारणा हटाउन अनि दलित पनि अरू सरह नै जुनसुकै काम गर्न सकिन्छ , साथै हालसम्म दलित समुदायबाट कसैले सगरमाथाकेा अ।रेाहण नगरेकाले सबै मानव एउटै हेा भन्ने शन्देश दिन पनि मैले सगरमाथाकेा अ।रेाहण गरेकेा हु ।
अ।रेाहणदलमा अन्य के कस्ता ब्यक्तिहरू सम्मिलित हुनुहुन्थ्येा ?
सेाही क्रममा अल्बनियाबाट एक जना महिला र हामी ५ जना नेपालीहरू थियैा ।बेस केम्पदेखि शिखरसम्म जाने बिदेशीहरू ५०० जनाभन्दा बढि संख्यामा हुनुहुन्थ्येा ,जसमध्ये २४८ जनाले शिखरकेा सफल अ।रेाहण गरेका थियैा ।
देशकेा गैारब दलितकेा सान ,संसारलाइ जित्न सक्ने नेपाली खुकुरी भन्ने नारा सहित दलित समुदायबाट पहिलेा चेाटि अ।रेाहण गर्नुभयेा ,यस्तेा साहसिक काम गर्न तपाइलाइ हैासला कसरि मिल्येा ?
मलाइ अरूकेा हैासला भन्दापनि पर्यटन ब्यबसायकेा क्रममा एउटा भरियाकेारूपमा काम गर्दा अ।फैले सेाधीखेाजी तथा अध्ययन गरी येाजना बनाएकेा थिए र हाम्रा पुर्खाहरूले जसरी एउटा दलित समुदायले बनाएकेा हतियार प्रयेाग गरी बिजय हासिल गरेकेा थियेा त्येा खुकुरीलाइ संसारमाझ चिनाउनुपर्छ ।खुकुरी ब्यबसायलाइ प्रबर्धन गर्नपर्छ साथै दलित समुदायकेा पनि इज्जत र नाम इतिहासमा जीवन्त राख्न अ।फै ब्यक्तिगतरूपमा लागेकेा हेा ।
अब अलिकति तपाइकेा ब्यक्तिगत तथा पारिबारिक बिषयमा कुरा गरैा तपाइकेा परिबारमा केा केा अनि कतिजना हुनुहुन्छ ?
हजुर मेरेा परिबारमा बुवा ममी सहित दश जना छैा म अ।फु चाहि माहिलेा छेारेा हुँ ।परिबार ठुलेा भएकेा कारण र सेालुखुम्बु हिमाली तथा दुर्गम जिल्ला भएकेा कारण त्येा समयमा राम्रेा शिक्षा दिक्षा लिने अवसर नपाएकेा कारण १३ बर्षकेा उमेरदेखि पर्यटन क्षेत्रमा लागेर एउटा भरियाकेा रूपमा परिबारकेा गुजारा गर्दै अ।इरहेकेा छु समग्रमा मेरेा ब्यक्तिगत जीवनमा धेरै संघर्ष गर्नुपर्रयेा ।
१३ बर्षकेा उमेरदेखि एउटा भरियाकेा कामदेखि सुरू गर्दै दलित समुदायकेा मात्र नभइ राष्ट्रकेा पहिचान बढाउन महत्वपुर्ण काम गर्नुभयेा ।राज्यबाट तपाइकेा येागदानकेा प्रसंशाबापत केही सहयेाग पाउनुभयेा कि भएन ?
मैले राज्यबाट केही सहयेाग पाएकेा छैन बरू ब्यक्तिबाट अनि एकिकृत बिश्वकर्मा समाज सेालुखुम्बु र एकिकृत बिश्वकर्मा समाज केन्द्रिय कार्यलयले गृहमन्त्रिलाइ निमन्त्रणा गरेर सम्मानपत्र र ताम्रा पत्रले सम्मान गर्नुभएकेा थियेा । गत बर्ष हिमाल अ।रेाहणकेा क्रममा शेर्पा अ।रेाहीहरूकेा मृत्यु भएकेा थियेा उहाहरूकेा लागि अनि अनि मैले देशकेा गैारब दलितकेा सान ,संसारलाइ जित्न सक्ने नेपाली खुकुरी भन्ने नारा लिएर सरकारसंग सहयेागका लागि पनि अनुरेाध गरेकेा थिए तर केही प्रतिकृया पाएकेा छैन दुखद कुरा यही हेा ।गर्छु भन्नेलाइ नेपाल सरकारले सहयेाग कहिल्यै गर्देन ।
अ।रेाहणकेा क्रममा चाहिने सामग्री खरिद गर्न सहयेागीहरूकेा ब्यबस्थापन गर्न अार्थिक भार कसरी ब्यबस्थापन गर्नुभयेा त ?
म सिजनमा ट्रेकिङ जाने अनि अफ सिजनमा काठमान्डैमा एउटा भिल्डिङ कन्सट्रक्सनमा एउटा ज्यामीकेा रूपमा काम गर्थे ।त्यही पेशाबाट कमाएकेा पैसा अनि बाँकी अपुग ५ लाख रूपैया पैसा ऋण लिएर चाहिने इक्युपमेन्ट किने टेक नेपाल एस्पिडिसनबाट सागार पेाखरेल सरले चाहिने सामगृी सहयेाग गर्नुभएकेा थियेा ।
बिश्वकेा सर्वेाच्च शिखरमा पहिलेा चेाटि पुग्दा कस्तेा अनुभुति गर्नुभयेा ?के कुरा बढी सम्झिनुभयेा ?
चढ्रने बेलामा मरिन्छ कि बाँचिन्छ भनेर चिन्तित थिए अ।रेाहण असफल भएमा समुदायकै बेइज्यत हुन्छ भन्ने अर्केा चिन्ताले पनि पिरेाल्न थालेकेा थियेा ।बल्ल शिखरमा पुगे सबैभन्दा पहिला भगावनलाइ सम्झे सपना पुरा गरिदिनुहेास भनी नेपालकेा झण्डा अनि खुकुरी झिकेर राखे अनि भगावानलाइ ढेागे ।म जस्ता सबै दलित युवाहरूले टुरिजम पेशा अगाल्नुपर्छ ।हिमाल चढ्नुपर्छ भन्ने कुरा सम्झेकेा थिए ।
ट्रेकिङ पेशामा लागिरहनुभएकेा छ अ।फ्रनेा पेशाप्रति कतिकेा सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त छैन किनकि येा क्षेत्रमा दलितहरूकेा सहभागिता कम छ । भएपनि एउटा भरियाकेा रूपमा महिनाकेा १७,१८ दिन भेडिङ बेाक्नुपर्छ त्येा पनि सिजनमा मात्र हेा । ग्रुपहरू धेरै अाए फाइदा हुन्छ तर ट्रेकिङ कम्पनिहरूमा मुख्य ठाउमा दलित नभएका कारण राम्रेा काम पाउदैन तर मेरेा अ।फ्रनै उदेश्य भएकेा कारण पेशालाइ निरन्तरता दिदै अ।इरहेकेा छु ।
सगरमाथा क्षेत्रमा जलबायु परिबर्तनकेा असर कतिकेा परेकेा महसुस गर्नुभयेा ?
जलबायु परिबर्तनकै कारण बिगतका दिनहरूमा जुन अन्तर्राष्टिय समुदाय तथा अारेाहणका लागि अ।उने पर्यटकमाझ जुन भ्रमात्मक सन्देश तथा समाचार अ।एकेा थियेा ।त्यस्तेा अबस्था पक्कै छैन ।जलबायु परिबर्तनकै कारण सगरमाथा चढ्रन नसक्ने स्थिति भने छैन ।
तपाइकेा बिचारमा नेपालकेा पर्यटन प्रबर्धन गर्न नेपाल सरकारले के गर्नुपर्छ ?
मुख्यतया सरसफाइ अभियान लाइ तीब्र दिनुपर्छ ,पर्यटकहरूकालागि ठाउठाउमा राम्रा राम्रा हेाटल तथा लजहरू स्थापना हुनु पर्दछ । पर्यटकहरू भैपरी बिरामी पर्दा हेलिकप्टर सेवा तकाल पुग्ने सुबिधा दिन सक्नुपर्छ ।
तपाइकेा भावी येाजना के छ बताइदिनुहेास न ।
मैले हालै बिजय घिमिरे बिश्वकर्मा प्रतिष्ठान पनि स्थापना गरेकेा छु निकट भबिष्यमा गएर यही प्रतिष्ठानमार्फत दलित समुदायबाट एकजना दलित महिलालाइ सगरमाथा अरेाहण गर्न सहयेाग गर्ने बिचारमा छु त्यसका लागि देश बिदेशमा रहनुहुने तमाम नेपालीहरूमा पनि प्रतिष्ठानलाइ सहयेाग गरिदिन अ।ग्रह समेत गर्न चाहन्छु ।
हजुर समय र सम्बादकालागि धेरै धेरै धन्याबाद
अ।फ्नेा अनुभव अनि बिचार राख्ने अवसर दिनुभएकेामा हजुरलाइ पनि धेरै धेरै धन्याबाद दिन चाहन्छु ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]