• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण


समायोजन खबर
  • सोमबार, भाद्र २६ २०७४

  • काठमाडौँ, भदौ २५ गते । मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ ।

    पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताउनुभयो । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो ।

    उक्त बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका रहेपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको स्पष्ट पार्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्यधिक रहेकाले यसलाई चिनाउनका लागि पर्यटन पत्रकार सक्रिय हुनुपर्र्नेे बताउनुभयो ।
    सङ्घका संस्थापक अध्यक्ष स्व हरिराज जोशीको नाममा स्थापना भएको ‘हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाललाई प्रदान गरिएको थियो ।सिलवालले आफूले पाएको पुरस्कारमा केही रकम थप गरी रु १० हजार रेडियो नेपालका बिरामी पत्रकार वासुदेव मुनाललाई प्रदान गर्ने घोषणा गर्नुभयो । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology