• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वालमैत्री कक्षाकोठा व्यवस्थापन तथा चेतनामुलक कार्यक्रम धमाधम गर्दै विद्धालय

वालमैत्री कक्षाकोठा व्यवस्थापन तथा चेतनामुलक कार्यक्रम धमाधम गर्दै विद्धालय

आशिंक कार्यक्रममा अझै केही विद्धालय


चिसाङ शेर्पा
  • शनिबार, भाद्र २४ २०७४

  •  

    चिसाङ शेर्पा भदौ÷२४ खोटाङ,

    वालमैत्री कक्षाकोठा व्यवस्थापन तथा चेतनामुलक कार्यक्रमका लागि ६ विद्धालयलाई वितरण गरिएको बजेटमध्ये नुनथला १३ का विद्धालयले धमाधम वालमैत्री कार्यक्रम गरीरहेका छन् । ५ आधारभुत तह विद्धालय सहित १ माविलाई ५० हजारका दरले कार्यक्रम सञ्चालनका लागि साविकका गाविस नुनथलाले रकम वितरण गरेको थियो । जालपा मावि, नवज्योती प्रावि, नबोबुद्ध प्रावि, पञ्चकन्या प्रावि, जनकल्याण प्रावि र पुईलुङ प्राविलाई आर्थिक वर्ष २०७३÷०७४ गाउँपरिषदको निर्णयले गाविसमा आएको कुल बजेटको १५ प्रतिशत ३ लाख रकम वालमैत्री कक्षाकोठा व्यबस्थापन तथा चेतनामुलक कार्यक्रमका लागि गत असार २० देखी २५ सम्ममा विद्धालयहरुलाई वितरण गरिएको गाविस सचिव नानीमैयाँ आचार्यले बताईन् ।

    रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेका जालपा मावि र नवज्योती प्राविले युनिसेफ पोषण कार्यक्रम अन्तरगत जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको संयोजकत्वमा ल्यापटप, प्रोजेक्टर १÷१ थान पाएकोे छ । पुर्व जिल्ला शिक्षा अधिकारी नेपालको संयोजकत्वमा नवज्योती प्रावि, जालपा मावि तथा नबोबुद्ध प्रावि गरी ३ विद्धालयले कार्पेट, विभिन्न किसिमका शैक्षिक सामग्री प्राप्त गरेको हो । जिल्ला खानेपानी कार्यालयको सहकार्यमा ७ सय ५० लिटर हिलट्याङक १÷१ थान, पाईप १६ एमएम ३ सय मिटर, २० एमएम ३ सय मिटर, डस्टवीन वाल्टीन १÷१ थान वालमैत्री कक्षाकोठा व्यबस्थापन तथा चेतनामुलक कार्यक्रमका लागि उतm विद्धालयहरुमा आएको छ ।

    “युनिसेफ पोषण कार्यक्रम अन्तरगत जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको संयोजकत्वमा ल्यापटप, प्रोजेक्टर १÷१ थान पाएको छ । जिल्ला शिक्षा अधिकारी नेपालको संयोजकत्वमा नवज्योती प्रावि, जालपा मावि तथा नबोबुद्ध प्रावि गरी ३ विद्धालयले कार्पेट, विभिन्न किसिमका शैक्षिक सामग्री प्राप्त गरेको हो ।”

    उतm सामग्रीले वडामा नमुना प्राविको रुपमा विकास भईरहेको नवज्योती प्राविमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्न थप सहयोग पुग्ने प्रधानाध्यापक मणि राईले बताए । गाविसवाट प्राप्त ५० हजार रकम वरावरको काठका तक्ती र शैक्षिक सामग्री खरिदगरी कक्षाकोठा व्यवस्थापन गरिएको जालपा माविका प्रअ धनकुमार तामाङले जानकारी दिनुभयो । नबोबुद्ध प्राविका प्रअ राजन प्रसाद निरौलाका अनुसार युनिसेफ पोषण कार्यक्रम अन्तरगत प्राप्त शैक्षिक सामग्री मात्र यतिबेला विद्धालयमा छ । बालमैत्री कक्षाकोठा व्यवस्थापनका खाट, वाकस, कार्पेट, खेलौना खरीद गर्न वाँकी छ ।

    पुईलुङ प्राविका प्रधानाध्यापक आईमान तामाङका अनुसार काठको फल्याक राखी कार्पेट ओछ्याईएको छ । वालवालिकालाई सेतोपाटी ३ थान, टेबल, झोला खरिद गरिएको छ । पञ्चकन्या प्राविले १९ हजार वरावरको शैक्षिक सामग्री, ५ वटा कोठामा कार्पेट ओछ्याएर बलामैत्री कक्षाकोठा व्यवस्थापन गरिएको प्रधानाध्यापक गणेश राईले बताए । जनकल्याण प्राविले १८ हजार वरावरका काठ, कार्पेट, प्रिफर्म, शैक्षिक सामग्री खरिद गरिएको र वाँकी रकम पनि कक्षाकोठा व्यवस्थापनमा खर्चिने प्रधानाध्यापक कल्पना भुजेलले बताईन् । समयमा बजेट वितरण नगरीदिंदा कार्यक्रम यस वर्षको तथा भिल भर्पाइ गत आर्थिक वर्षको बनाउनु पर्ने समस्या आईपरेको शिक्षकहरुको भनाई रहेको छ ।

     

    यस्तै, वालमैत्री कक्षाकोठा व्यवस्थापन तथा चेतनामुलक कार्यक्रम अन्तरगतका बजेट जागृती वालमञ्च नुनथलाले १ लाख २० हजार लगेका मध्येमा १५ हजार वरावरको स्टेश्नरी सामान खरिद, गत बुधवार जालपा मावि स्कुल र वालमञ्चको सहकार्यमा स्मारिका विमोचन गरिएकोे शिक्षक मणि कुमार राईले बताए ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology