• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीज कुनै डाँडा पारीको देशको चाड हैन हाम्रै नेपाली दिदी बहिनीहरुको चाड हो –गायिका पेम्बा छेाटी शेर्पा

तीज कुनै डाँडा पारीको देशको चाड हैन हाम्रै नेपाली दिदी बहिनीहरुको चाड हो –गायिका पेम्बा छेाटी शेर्पा


समायोजन खबर
  • बुधबार, भाद्र २१ २०७४

  • समायेाजन खबर

    शेर्पा समुदायबाट चर्चा कमाएकी गायिका पेम्बा छेाटी शेर्पाले तीज कुनै डाँडा पारीको देशको चाड नभइ हाम्रै नेपाली दिदी बहिनीहरुको चाड भएकेा बताएकी छिन ।

    गत सेप्टेम्बर ४ तारिखका दिन अेाभरसिज नेपाली फेारम स्पेनले अ।येाजना गरेकेा तीज बिशेष कार्यक्रमकमा उनले अ।फ्नेा तीज गीत गाएर अ।फनेा प्रस्तुति प्रस्तुत गर्दा सामाजिक संजालहरूमा गलत टिका टिप्पणी र कमेन्टहरू अ।एपछि उनले स्टाटस मार्फत यसेा भनिन ।

    म शेर्पाकी छोरी हुँ ,हो यसमा मलाई गर्व छ  l हिजोको तीज कार्यक्रममा गएर गीत गाउँदा धेरैलाई मन नपरेको मेसेजहरु पाइरहेकी छु l शेर्पा भएर पनि तीज मनाउने ? तीजमा गीत गाउने ? जस्ता प्रश्नले भरिएका मेसेजहरु आइरहेको छ l उहाँहरुलाई बिचरा सिवाए अरु म के नै भन्न सक्छु र lतीज कुनै डाँडा पारीको देशको चाड हैन हाम्रै नेपाली दिदी बहिनीहरुको चाड हो l

    मलाई लाग्छ खोक्रो भाषण र खोक्रो आदर्शले मात्र आफ्नो पन जोगिदैन l आफ्नो बथान भन्दा एक कदम पर गएर अरुको बथानमा आफ्नो पन देखाएर पनि आफ्नो पनलाइ अझ बलियो बनाउन सकिन्छ भन्ने मेरो मान्यता हो र रहीरहने छ l हाम्रा बाउ बाजेले सबैको चाडवाड रीतिरिवाजलाई इज्जत गर्नुपर्छ भन्ने संस्कार हामीलाई हस्तान्तरण गर्नु भएको थियो l तर अब तपाई हामीले हाम्रा आउने पुस्तालाई आफ्नोलाई मात्र राम्रो भन्नु अरुको जति सबैलाई  थुक्नु भन्ने संस्कार हस्तान्तरण गर्दैछौ भन्ने पक्का देखिन्छ l आफ्नो भाषा, कला संस्कृति अनि भेष भुसालई जगेर्ना गर्न अरुलाई गालिनै गर्नु पर्छ भन्ने छैन l हामी अरु बाट जे कुराको आपेक्षा गर्छौ, त्यही कुरा आफुबाट पनि अरुलाई गरौ l हाम्रो समाज त्यतिकै सुन्दर हुनेछ l

    गायिका शेर्पा शेर्पा समुदायकेा पहिलेा गायिका हुन ।उनले शेर्पा भाषा र नेपालीमा थुप्रै गीतहरू गाएकी छिन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology