• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एनआरएनए जापानको नयाँ नेतृत्व चयन, यी हुन् विजयी उम्मेदवारहरु

एनआरएनए जापानको नयाँ नेतृत्व चयन, यी हुन् विजयी उम्मेदवारहरु


समायोजन खबर
  • मंगलबार, भाद्र २० २०७४

  • टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले आइतबार सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

    उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् । जीवन न्यौपाने, द्रोणप्रसाद सिलवाल र छत्र बहादुर दाहाल पनि प्रतिस्पर्धामा थिए । यस्तै सचिवमा जनक बिक्रम शाही विजयी भएका छन् । शाहीले बाशुदेव लामिछानेलाई पराजित गरेका हुन् ।

    महिला सदस्यमा सृजना पाण्डे विजयी भएका छन् । गीता आचार्य (स्मृति) र कमला गैरेलाई पराजित गरेका हुन् । सदस्यमा भने राजन पौडेल, नारायण खड्का, बाल कृष्ण कंडेल, हस्त लामा र लाल बहादुर रावल विजयी भएका छन् । सदस्यमा २१ जना प्रतिस्पर्धामा थिए ।

    यस अघि नै अध्यक्षमा टासी वाङदी लामा निर्विरोध भएका थिए भने बरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी र महिला उपाध्यक्षकी उम्मेदवार अनिता गुरुङ (लामा) निर्विरोध भइन् । उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् ।

    महासचिवमा बुद्धिराज घिमिरे निर्विरोध भएका थिए । कोषाध्यक्षमा कालिका थापा निर्विरोध विजयी भएकी छिन् । सह-कोषाध्यक्षमा अनिल थापा निर्विरोध भएका छन् । अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा दिनेश गुरुङ, टंकप्रसाद गैरे, कपिलदेव थापा, केशरकुमार गिरी, दिलाराम गैरे र अनुज थापा निर्विरोध भएका थिए ।

    समाचार/तस्बिर जापान शन्देश डटकमबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology