• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गीतकार जानुका राईद्वारा लेखिएका गीति संग्रह र गीति एल्बम विमोचन

गीतकार जानुका राईद्वारा लेखिएका गीति संग्रह र गीति एल्बम विमोचन


समायोजन खवर
  • शुक्रबार, भाद्र १६ २०७४

  •  

    भदौ १६ खोटाङ,

    गीतकार तथा समाजसेवी जानुका राईद्वारा लेखिएका गीति संग्रह र गीति एल्बम विमोचन गरिएको छ । भिमु मेमोरियल ट्रस्टको आयोजनामा, गीतकार जानुका राईद्वारा लिखित “आमा” गीति संग्रह “समय” र “सन्दर्भ” गीति एल्बम एकै साथ विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिस्ठानको पुर्व कुलपती वैरागी काइँला लगायत अन्य अतिथिहरुले जानुका राई कृत, कृतिहरु काठमाडौको बानेश्वर स्थित ईन्द्रेणी फूड ल्याण्डको मैत्री हलमा विमोचन गरेका हुन् ।

     

    विगत लामो समय देखि वेलायतमा रहेर सक्रिय रुपमा कलम चलाईरहेकी गीतकार जानुकाले आफ्ना हरेक सृजनाहरुमा देश र समाजको प्रतिविम्व उतार्ने गरेकी छन् । “गरिवीको भारि बोकी, पर्देशिनु बाध्य छु म” जस्ता यथार्थ चित्रण हुने गीतहरु गीतकार जानुका राईले रचना गरेकी छन् । गीतकार जानुका राईको यो भन्दा अगाडि “धर्तिको जन्म” र “समर्पण” गीति एल्बम बजारमा आईसकेको छ ।

     

    गीतकार जानुका राईको स्वर्गीय बाबा(आमाको सम्झनामा स्थापना गरिएको भिमु मेमोरियल ट्रस्ट समाजसेवामा सक्रिय रहदै आएको संस्था हो । गीतकार जानुका राईद्वारा लेखिएका कृतिहरुको बिक्रिबाट जम्मा भएको रकम पनि शिक्षा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताईएको छ । यो पटक पनि, बाढि पहिरो पिडितहरुको लागि सहयोग गर्ने लक्ष्य लीइएको भएपनि विविध कारणले त्यसलाई पछाडि सारिएको मलेशियामा सक्रिय पत्रकार तथा व्यापारी विपिन राईले बताएका छन् । भिमु मेमोरियल ९भिमबहादुर राई र मुगासरी राई० को फाउण्डर गीतकार जानुकाको पति शिवकुमार राई हुन् ।

     

    समाजसेवी तथा गीतकार जानुका राईले यो भन्दा अगाडी भिमु मेमोरियल ट्रस्ट मार्फत सुम्निमा कल्चर एकेडेमीको लागि रु एक लाख एघार हजार एक सय एघार रुपैयाको अक्षयकोष खडा गरिदिएकी थिइन् । यो पटक भने, जानुका राईले चार जनालाई बार्षिक दश हजारको छात्रावृतिको घोषणा गरेकी छन् । यो छात्रावृति आर्थिक स्तर कम्जोर र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने गीतकार जानुकाले बताएकी छन् । यो पटक उदयपुरको अमित विश्वकर्मा र आशिष राई अनि काभ्रेको नारायण स्थान आवासीय विद्यालयका रोजिना लामा र सुदिप बिकलाई छात्रावृति प्रदान गरिएको छ । कार्यक्रममा, गीतकार जानुका राईले वेलायतको नागरिकता त्यागेर नेपालमै समाजसेवा गर्ने पनि बताएकी छन् ।

     

    कार्यक्रममा बोल्दै प्राज्ञ तथा वरिष्ठ कवि श्रवन मुकारुङ्गले भने ” गीत लेख्दा सबै भन्दा धेरै लयलाई ध्यान दिनु पर्छ । अनि गीतको शब्दमा नयाँपन दिनु सक्नु पर्दछ । गीतकारले शब्दमा नयाँपन दिनु सक्यो भने, संगीतकारले पनि नयाँपनको संगीत सृजना गर्न सक्दछ । २५ बर्ष अगाडि लेखिएका गीतका शब्द र हिजोआज लेखिने गीतको शब्दहरुमा के(कति अन्तर छ त रु त्यहि २५ बर्ष अगाडि लेखिएका गीतका शब्दहरु जस्तै आज पनि लेखिदै छ की, केहि नयाँपनको शब्दहरु सृजना हुदै छ त रु भन्ने हुन्छ । तर गीतकार जानुकाले यो क्षेत्रमा एक दशक बिताई सकेको हुनाले, उनले लेखेको गीतका शब्दहरु खारिएका र परिपक्क छन् ।”

     

    कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिस्ठानको पुर्व कुलपती वैरागी काइँलाले यति राम्रा प्रतिभा भएकाहरु बिदेशिनु दुखको कुरा हो । वेलायतमा सुसाशन छ । यहाँ हाम्रो देशमा पनि सुसाशन भैइदिएको भए, यस्ता प्रतिभा भएकाहरुले पर्देशिनु पर्ने थिएन । हरेक प्रतिभाहरुले आ(आफ्नो तरिकाले परदेशमा भोग्नु परेका हरेक दुख सुखलाई सृजनाको माध्यमबट व्याक्त गर्ने गरेका छन् । गीतकार जानुका राई र उहाँको श्रीमान् दुवै जना मिलेर आफ्नो स्वर्गीय पिताको सम्झनामा ट्रष्ट स्थापना गरि, सृजनाका माध्यमबाट समाजसेवामा लाग्नु भएको छ, यो धेरै राम्रो काम हो । गीतकार जानुका राईका गीति संग्रह भित्र साह्रै नै राम्रा(राम्रा गीतहरु संग्रहित रहेछन् । यो गीतहरु निशन्देह कालजयी हुने नै छ ।” भन्दै गीतकार जानुकाको विमोचित कृति सफलताको कामना र गीतकारलाई बधाई दिए ।

     

    कार्यक्रममा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, डा सुकराज राई, खोटाङ्ग सेवा समाजका अध्यक्ष राकेश राई, संगीतकार शुरेश अधिकारी, डा।विष्णु राई, हंगकंग बाट आएका किन्दर राई, विमोचित कृतिहरुका सर्जक जानुका राई लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए । भिमु मेमोरियल ट्रष्टको सहयोगार्थ सहयोग गर्ने कलाकारहरु राजेश पायल राई, गायक जितेन राई , संगीतकार सुरेश अधिकारी,गायक रामकृष्ण ढकाल, गायिका पार्वती राई, कृष्ण थापा मगर,धन थापा

     

    मगर,दिपचन्द्र राई,उषा गजुरेल, मेलिना राई, विष्णु चेम्जोङ्ग लगायत अन्यलाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो ।
    कार्यक्रममा बिएफ़बिएस रेडियोका म्यानेजिङ्ग डाईरेक्टर विनोद खड्का, संस्कृतिविद दिनेश त्रिपाठी लगायत अन्य बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सुरेन्द्र सुहाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । शिवकुमार राईको स्वागत मन्तव्य र कवि बम बानियाँले कार्यक्रम संचालन गरेका थिए

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology