
भदौ÷१६ खोटाङ,
नेपालमा भईरहेको सबैभन्दा ठूलो सांगितिक रियालटिी सो ‘नेपाल आईडल’का प्रर्तिस्पर्धी बुद्ध लामालाई भोट गरिदिनका लागि पोखरा, काठमाडौ उपत्यका, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, खोटाङ लगायतका ठाउँमा प्रचारप्रसार तिव्र पारिएको छ । एपी वन टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आईडलका ४ आईडल बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भट्टराई मध्ये बुद्ध लामालाई भोट गरिदिन सवैमा अपिल गरिएको नेकपा माओवादी काठमाडौ सम्पर्क मञ्चका सचिव तिर्थ तामाङले बताए ।
दर्शकहरुको भोट संख्यामा नै आईडल घोषणा गरिने हुनाले बुद्धलाई सक्दो भोट गरेर नेपाल आईडल बनाईदिन दर्शकहरुसमक्ष गोरखाका अनिल मगरले अनुरोध गरे । अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एशोशिएसन कतारको संयुक्त आयोजनामा नेपाल आइडलको फिनाले आगामी सेप्टेम्बर २२ असोज ६ गते एशियन कृ्रकेट टाउन कतारमा हुँदैछ । त्यहाँ १५ हजार दर्शक अटने क्षमता रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology