• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनजाति महासंघ जापानको प्रथम क्युस्यु क्षेत्रीय अधिवेशन सम्पन्न

जनजाति महासंघ जापानको प्रथम क्युस्यु क्षेत्रीय अधिवेशन सम्पन्न


समायोजन खबर
  • बुधबार, भाद्र १४ २०७४

  • ३० अगस्ट ।  नेपाल आदिवासी जनजाति महासंघ जापानको गत अगष्ट २७ तारिख आईतबार क्युस्यु क्षेत्रमा भएको प्रथम अधिवेशनबाट  बिष्णु बहादुर तामाङको नेतृत्वमा १३ सदस्य नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रीय समिति गठन भएको छ  ।

    केन्द्रिय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासंघ, जापानको वरिष्ट उपाध्यक्ष श्री हवल चन्द्र लामाको प्रमुख अतिथित्वमा फ़ुकुओकाको एक नेपाली रेष्टुरेन्ट बाजेको सेकुवा घरमा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए क्युस्युका संयोजक, फ़ुकुओका नेपाली सेासाइटीका अध्यक्ष, हामी नेपाली हाम्रो अभियानका प्रतिनिधि लगायतका उपस्थित अतिथिहरुले आ-आफ्नो शुभ-कामना मन्तव्य दिनु भएको थियो । संस्थाको नवनिर्वाचित उपाध्यक्ष सुक्राज चेम्जोङ्को स्वागत मन्तव्य संगै मनिषा राना र सारदा गुरुङले अतिथिहरुलाई व्याज वितरण संगै आदिवासी जनजातिहरुको पवित्र खादाले स्वागत गर्नु भएको थियो ।

    यसै बिच सल्लाहकार राम कृष्ण श्रेष्ठले नेपाल आदिवासी जनजाति महासंघको क्युस्यु क्षेत्रीय समिति गठन र औचित्य बारे प्रष्ट पार्दै आफ्नो धारणा राख्नु भएको थियो भने प्रमुख अतिथि लामाले वर्तमान परिस्थिति र परिवेशमा हामी आदिवासी जनजातिहरु संगठन र राजनितिक बिचारहरुमा धेरै पछाडि रहेको कुरालाई राख्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरु बधाई दिनु भएको थियो  अन्तमा कार्यक्रमका सभापति बिष्णु बहादुर तामाङले आफुलाई त्यस क्षेत्रका सम्पूर्ण अग्रज तथा आदिवासी जनजाति साथीहरुले ठुलो विश्वासका साथ संस्थाको जिम्मेवारी दिनु भएकोमा खुशी व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रीय समितिलाई क्युस्यु क्षेत्र कै एउटा नमूना संस्थाको रुपमा स्थापित गर्ने समेत प्रतिबद्दता गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो | कार्यक्रमको संचालन संस्थाका सचिब मिलन मगरले गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology