
समायोजन खवर खोटाङ भदौ १२–
स्टाफनर्सको ल्यापटप चोरी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफनर्स संगीता जवेगुको ल्यापटप र चेकबुक चोरी गरेको आरोपमा ओखलढुंगा चिसंखुगढी गाउँपालिका–२ का २६ वर्षीय जीवन सार्की पक्राउ परेका हुन् । स्टाफनर्सको क्वाटरबाटै ल्यापटप, चेकबुक लगायतका सामान हराएपछि हुलियाका आधारमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
पक्राउ परेका सार्कीमाथि भदौ ६ गते स्टाफनर्स जवेगुको क्वाटरको ताला तोडेर चोरी गरेको अभियोग छ । प्रहरीका अनुशार अनुसन्धानकाक्रममा यसअघि उनले दिक्तेलमै तामाका भाँडाकुँडा पनि चोरी गरेको खुलेको छ ।
यस्तै, हलेसी महादेवमन्दीरको भेटी चोरी गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । दान बाकसको ताला तोडेर भेटीपाती चोरी गरेकामा दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology