• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आवश्यकता भन्दा वढी सडक खनिंदा वन उच्च जोखिममा

आवश्यकता भन्दा वढी सडक खनिंदा वन उच्च जोखिममा


समायोजन खबर
  • सोमबार, भाद्र १२ २०७४

  • चिसाङ शेर्पा भदौ÷१२ खोटाङ

    मध्यपहाडी लोकमार्गको विजुले – हुर्लुङसम्म १२ किलोमिटर सडक अन्तरगतको नुनथला पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङसम्मको सडक आवाश्यकताभन्दा बढी खनिंदा दुई सामुदायिक वन उच्च जोखिममा रहेको छ । नाली बाहेक सवा ५ मिटर कालोपत्रे १ मिटर ग्राभेलसहित सवा ६ मिटर सडकका लागि पुराना सडकलाई सर्कार्दै साँढे ६ मिटर खन्नुपर्नेमा ८ मिटरभन्दा बढी सडकको भित्ता कटिङ गरींदा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ स्थित हुर्लुङपाखा सामुदायिक वन र रुवालुङ सामुदायिक वन उच्च जोखिममा परेको हो ।

     

    कालोपत्रेका लागि ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले जथाभावी सडकको भित्तामात्रै कटिङ गरी काम नगर्दा दैनिक पहिरो जाने समस्याले वनको जग्गामा क्षतिको क्रम बढ्न थालेको छ । कालोपत्रे गर्नलाई सववेस लगाउन आवाश्यकभन्दा बढी सडक फराकिलो बनाउने क्रममा सडकको भित्ता कटिङ गर्दा हुर्लुङपाखा सामुदायिक वन पहिरो तथा भुक्षयको उच्च जोखिम छ भने, रुवालुङ सामुदायिक वनमा रहेको खानेपानीका मुहानहरुमा सडकले निकालेको ढुङ्गामुढा बग्रोल्ती थुप्रिएको छ । पहिरोले झारेका ढुङगामुढाले सडक वरीपरीका रुख विरुवाहरु पुरेका छन । सयौं रुखहरु ढलेका छन् ।

     

    पुरानो सडकलाई स्तरोन्नतीगरी कालोपत्रे गर्न स्काईभेटरको प्रयोगमा जंगलको विचमा रहेको सडकको चौडा आवाश्यकभन्दा ठूलो बनाईदा सडकको ढिस्को खस्ने, सुख्खा पहिरो जाने, सल्ला, कटुसजस्ता रुखहरु ढल्ने गरेको छ । पहिरोसंगै झरेका रुखले विजुलीको पोल लडाउने र बाटो छेक्ने गर्दा विधुत उपभोतmा तथा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । दिक्तmेल–काठमाडौ, दिक्तmेल–तराई जाने मुख्य सडक छेउछेउमा केन्द्रिय विधुतको हाई टेन्सन लाईनको ३० भन्दा बढी पोलसमेत रहंदा पहिरोले दैनिक रुपमा विजुलीका पोल लडाईदिने गरेको छ ।

     

     

    कतीपय अवस्थामा ठूलो मानवीय क्षती हुने संम्भावना प्रबल रहेको छ । उतm क्षेत्र पैदल तथा सवारी साधनमा यात्रा गर्न चुनौतीपुर्ण रहेको स्थानीयको भनाई छ । सडकमुनी गाउँसमेत रहेकाले बेलैमा सडक सुधार नभए गाउँसमेत जोखिममा पर्ने छ । सामुदायिक वन र सडक विभागसंग भएको सम्झौता अनुरुप क्षतिपुर्तीसमेत बन समुहले नपाएको हुर्लुङपाखा सामुदायिक बन उपभोतmा समितीका अध्यक्ष टिकाराम तामाङले बताए । तामाङ अनुसार सडककै कारण बन समुहसमेत कारवाहीमा परेको छ ।

     

    बिजुले–हुर्लुङ र हुर्लङ – दिक्तmेल सडक कालोपत्रेको कामको जिम्मा लिएका लामा–नागार्जुन जेभी कम्पनीका कन्ट्राक्टर राम पाख्रिनले ‘डिजाईन डुईङमा भएको समस्याका कारण पहिलाको स्टीमेटमा क्वान्टिटी अपुग हुंदा काममा ढिलाई भएको हो ।’ यस विषयमा थप बुझ्न खोज्दा केही थाहा नभएको भन्दै सरकारलाई दोष दिंदै पन्छिन खोजे । उतm खण्डको सडकमा पर्खाल, ड्रेन, नाली, वेस लगाउने काम भएको छैन । श्रोतका अनुसार सव–वेस लगाईएको भनिए पनि सडक खाल्डाखुल्डी हिलाम्मे रहेको छ । उतm क्षेत्रमा निस्किएको ढुङगासमेत अन्यत्र सप्लाई गरिएको र सामुदायिक बन समेत कारवाहीमा परेको छ ।

     

    दिक्तmेल–हलेसी सडक कालोपत्रेको विभिन्न चरणका काम २०१४ जुन १४ मा सुरु भएको थियो । सरकारसंगको सम्झौता अनुरुप २०१६ जुन १२ भित्र कालोपत्रे भईसक्नुपर्ने सडकको अहिलेसम्म हलेसी – विजुले खण्डको काम ५७.१०६ प्रतिशत, बिजुले–हुर्लुङ खण्डको काम ५१.३३ र हुर्लुङ – दिक्तmेलको काम ५१.३४५ प्रतिशत मात्र सम्पन्न भएको परामर्शदाता कम्पनी एमएसभी ईन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट ईन्जिनियर सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो । खोटाङमा आफु आएको २ महिना अघिनै पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङसम्मको सडक आवाश्यकताभन्दा बढी खनिसकेकाले अब रिस्टेट गरी सडक बनाईने उहाँले बताउनुभयो ।

     

    दोश्रोपल्ट थपिएको हलेसी – बिजुलेको म्याद मार्च ८, बिजुले–हुर्लुङको म्याद मार्च १३, र हुर्लुङ – दिक्तmेलको म्याद मार्च २३ दिक्तmेल – हलेसी सडक योजनाका योजना प्रमुख गोविन्द वाग्लेले बताए । तेश्रोपल्ट म्याद थपका लागि सिफारिस गरिए पनि हालसम्म स्वीकृत भएको छैन । एसियाली बिकास बैंक एडिबिको ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे गर्नेगरी २०७१ साउनको अन्तिम साता सडक स्तरोन्नतिको काम थालिएको थियो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology